arrow

करको सूचना कसले चुहायो ? – ज्ञानबहादुर शाही [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २३ मंगलबार
gyan-bahadur-shahi-jumla-rpp-mp-2079-2022.jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले बजेट निर्माणमा अनधिकृत व्यक्ति रामकृष्ण श्रेष्ठलाई कसरी सहभागी गरियो भन्ने प्रश्न गरेका छन् । 

प्रतिनिधि सभाको बैठकमा उनले विद्युतीय गाडीमा लगाइने करको सम्बन्धमा सूचना चुहाइएको भन्दै यसको सम्बन्धमा पनि अर्थमन्त्रीबाट जवाफको माग गरे । 

उनले भने, ‘जेठ १४ गते राति आर्थिक विधेयक फाइनल गर्ने क्रममा भन्सार विभागका पूर्वनासु रामकृष्ण श्रेष्ठलाई सहभागी गराइएको भन्ने छ, वास्तविक कुरो के हो ? अर्थमन्त्रीले रोष्टमबाट जवाफ चाहिन्छ । इलेक्ट्रिकल भेकल्सलाई भन्सार दर बढाएको यस्तो अति संवेदनशील बजेट अगाडी चुहाएर, व्यवसायीहरुलाई लाभ पुर्याएर, बजेट भाषणको मुखमा ११ सयभन्दा बढी ४ पांग्रे विद्युतिय सवारी गाडी अस्वभाविक रुपमा नेपाल भित्राएका छन् भन्ने कुरा छ, त्यसबाट सरकारले ९० करोड राजश्व गुमाएको भन्ने छ जवाफ चाहिन्छ । पूर्वनासु श्रेष्ठले कसरी प्रवेश पाए ? यसको जवाफ चाहिन्छ । कसको स्वार्थका लागि कसको प्रतिनिधि बनाएर कसको प्रतिनिधि बनाएर आर्थिक विधेयक बनाउन अति गोप्य कक्षमा लगिएको हो राप्रपालाई स्पष्ट जवाफ चाहिन्छ ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ