arrow

प्रधानमन्त्री संसदमा निरीह : योगेश भट्टराई (भिडियो)

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २३ मंगलबार
yogesh-bhattarai-2080.jpg

काठमाडौं ।  नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले नेपालको इतिहासमै प्रधानमन्त्री संसदमा निरीह भएको बताएका छन् ।  सोमवार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन् । उनले प्रधानमन्त्रीले नागरिकता विधेयक प्रमाणीकरण गर्न गलत बाटो अपनाएको र यसबारेमा आफूसँग कुनै तर्क नरहेकाले प्रधानमन्त्री निरीह बनेको बताए ।

 उनले प्रधानमन्त्रीको नागकिरता विधेयकबारे दिएको धारणा नै फितलो र कमजोर रहेको बताए । उनले अदालतले नै रोकिसकेपछि प्रधानमन्त्रीसँग तर्क नहुँदा संसदमा कुतर्क प्रश्तुत गरिरहेको भन्दै बिरोध जनाए । उनले प्रधानमन्त्रीले संसदलाई ढाँट्न नमिल्ने पनि बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ