arrow

नेपाललाई सिक्किम, भुटान बनाउने प्रयत्न भइरहेको छ :  चित्रबहादुर केसी (भिडियो)

ओली प्रधानमन्त्री हुँदा विधेयकमा निधारले हस्ताक्षर गरेका थिए

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २२ सोमबार
chitra-bahadur-kc-baglung-1-janamorcha-mp-2079-2022.jpg

काठमाडौं ।  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपाललाई सिक्किम, भुटान बनाउने प्रयत्न भइरहेको बताएका छन् । उनले संविधानमै अङ्गीकृतबाट जन्मिएकालाई वंशजको नागरिकता दिने भने षड्यन्त्रको थालनी भएको बताए ।

अध्यक्ष केसीले भने ‘अङ्गीकृतबाट जन्मिएकालाई वंशजको नागरिकता दिनै मिल्दैन । संविधानमै त्यो कुरा राखियो षड्यन्त्र गरेर । भारतीय शासकहरूले भनेका छन् नेपालमा एक करोड भारतीय छन् भनेर । एकातिर भूगोलमाथि आक्रमण, अर्कोतिर जनसाङ्ख्यिक आक्रमण गरेर भारतले नेपाललाई सिक्किम बनाउन, भुटान बनाउन प्रयत्न गरिराखेको छ ।'

अध्यक्ष केसीले  त्यसको विरुद्धमा सङ्गठित रूपले नेपाली जनताले हस्तक्षेपको विरोध गर्नुपर्ने बताए । उनले भने,' त्यसको विरुद्धमा सङ्गठित रूपले नेपाली जनताले त्यो हस्तक्षेपको विरोध गर्नुपर्छ ।' 

केसीले प्रमुख प्रतिपक्ष दल एमालेले नागरिकता विधेयक प्रमाणीकरणका लागि जस लिन नपाएका कारण संसद्मा विरोध गरेको बताए ।  उनले विगतमा केपी ओली प्रधानमन्त्री हुँदा विधेयकमा निधारले हस्ताक्षर गरेको उनको भनाई छ । उनले भने,' अहिले जुन बन्द गरिरहनु भएको छ साथीहरूले उनहरूले अङ्गीकृत नागरिकबाट जन्मिएकालाई वंशजको दिनुहुन्न भन्ने होइन कि उनहरूले दिन पाइएन त्यत्ति कुरा हो । अघिल्लो संसदले पारित गर्‍यो नि । यदी त्यति बेला ओलीजी नै प्रधानमन्त्री भए निधारले सही गरेर तत्कालीन राष्ट्रपतिलाई दिनुभएको । अहिलेको झगडा भनेको कसले दिने त्यो काम रु त्यही हो ।' 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ