arrow

रुसमाथि युक्रेनको अर्को रणनीति

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १७ बुधबार
north-south-korea-drone.jpg

रुस । रुसमाथि युक्रेनले युद्धको अर्को रणनीति लिएको छ । युक्रेनले पछिल्लो समय ड्रोनमार्फत आक्रमण गर्न थालेको छ । यता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्को र वरपरको क्षेत्रमा ड्रोन आक्रमण गरेको स्विकारेका छन् ।  मङ्गलवार बिहान मात्रै रुसको राजधानी नजिकै ड्रोनसँग  गोली हानाहान भएको थियो ।  

मस्कोका गभर्नर एन्ड्री वोरोबियोभलाई उद्धृत गर्दै तासले जनाएको छ, "मंगलबार बिहान मस्को क्षेत्रका केही जिल्लाका बासिन्दाहरूले विस्फोटको आवाज सुने -जुन हाम्रो हवाई सुरक्षा सञ्चालनमा थियो। मस्को जाने बाटोमा थुप्रै ड्रोनहरू खसालिएका थिए।" वोरोब्योभले मस्को क्षेत्रका बासिन्दाहरूलाई संयमित रहन आग्रह गर्दै सबै आपत्कालीन एकाइहरू सञ्चालनमा रहेको र घटनाको थप विवरण सार्वजनिक गरिने जानकारी दिएका छन् । 

यसैबीच मस्कोका मेयर सर्गेई सोब्यानिनले ड्रोन आक्रमणपछि दुई व्यक्तिलाई चिकित्सकको निगरानीमा राखिएको बताएका छन् । यद्यपि ड्रोन आक्रमणपछि कसैलाई पनि गम्भीर चोटपटक लागेको र अस्पताल पुर्‍याइएको भने छैन । उनले घटनास्थलमा आपत्कालीन सेवा र एम्बुलेन्सका केही टोली भने खटाइएको बताए। 

मानवरहित हवाई यानद्वारा क्षतिग्रस्त भवनहरूका बासिन्दाहरू मध्ये कुनै पनि गम्भीर घाइते भएको उल्लेख गरेका छन् । पुटिनले  रुसलाई तर्साउने प्रयास गर्ने, रुसका नागरिकहरूलाई आतङ्कित पार्ने र आवासीय भवनहरूमा हमला गर्ने बाटो लिएको बताएका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ