रेशमलाई आममाफी दिने प्रस्ताव राष्ट्रपति कार्यालयबाट फिर्ता
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १२ शुक्रबार
1.4k
Shares
तस्बिर – फाइल ।
काठमाडौं । राष्ट्रपति कार्यालयले टीकापुर घटनामा दोषी ठहर भई जेल सजाय भोगिरहेका रेशम चौधरीलाई आममाफी दिने प्रस्तावलाई गृह मन्त्रालयमा फिर्ता पठाएको छ ।
सात जना सुरक्षाकर्मी र एक बालकको ज्यान जाने गरी भएको टीकापुर घटनामा दोषी ठहर भई जन्मकैदको सजाय भुक्तान गरिरहेका चौधरीलाई आममाफी दिन सरकारले राष्ट्रपतिसमक्ष प्रस्ताव गरेको थियो । तर शुक्रबार उक्त प्रस्तावलाई राष्ट्रपति कार्यालयले गृह मन्त्रालयमा फिर्ता पठाएको हो ।
२०७२ भदौ ७ गते टीकापुरमा घटनामा प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहितको हत्या भएको थियो ।