चुनावका कारण मुलुकको जटिल परिस्थितिले निकास पाएको राष्ट्रपतिको भनाइ
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २१ बिहिबार
661
Shares
तस्बिर : फाइल
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले शान्तिपूर्ण रूपमा प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएर मुलुकमा उत्पन्न जटिल परिस्थितिले निकास पाएको भन्दै खुशी व्यक्त गरेका छन् । उनले चुनाव सकिएपछि सन्तोष प्रकट गरेको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
राष्ट्रपति पौडेलले यो निर्वाचन सफल बनाउन सक्रिय सरकार, निर्वाचन आयोग, सुरक्षाकर्मी, राजनीतिक दल, आम मतदाता, राष्ट्रसेवक कर्मचारी र सम्बद्व सबै पक्षसहित सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा धन्यवाद प्रकट गरेको पोखरेलले बताए ।