सभामुख, राष्ट्रिय सभा अध्यक्ष एवं प्रदेशसभाका सभामुखसँगको भेट
लोकतन्त्र द्वन्द्वमा होइन, संवादमा बलियो हुन्छ: राष्ट्रपति पौडेल
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २१ शुक्रबार
864
Shares
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्र द्वन्द्वमा नभई संवादको माध्यमबाट बलियो हुने बताएका छन्।
प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभाका सबै पदाधिकारीहरूसँग शीतल निवासमा भएको भेटमा राष्ट्रपति पौडेलले जनताको आवाज सुनेर लोकतान्त्रिक आचारणलाई जीवन पद्धति बनाउनसके लोकतन्त्र र संसदीय प्रणाली अझ सुदृढ हुने जिकिर गरे। उनले युवा पुस्ताको सुशासन र विकासप्रति प्रकट भएको चाहनालाई ध्यान दिँदै संविधानको रक्षा र लोकतन्त्रलाई अझ उन्नत बनाउन सकिने धारणा राखे।
राष्ट्रपति पौडेलले आगामी फागुन २१ गतेका प्रतिनिधिसभा सदस्यको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु सबैको साझा दायित्व भएको बताए। उहाँले संसदीय प्रणालीको मजबुती कुनै एक दल वा नेतृत्वको मात्र नभई सामूहिक राष्ट्रिय दायित्व भएकोमा जोड दिए।
राष्ट्रपति पौडेलले नेपालको संविधानलाई केवल कानूनी दस्तावेज मात्र नभई यो सहयात्रा, सहमति र सामूहिक संकल्पको मार्गचित्र भएको उल्लेख गर्दै यसको संरक्षणमा सबैको प्रतिबद्धता हुनुपर्ने बताए। उनले असन्तुष्ट स्वरहरूलाई बेवास्ता गरेर नभइ सुनेर समाधान खोज्ने नीति सबैमा हुनुपर्ने स्पष्ट पारे।