arrow

राष्ट्रपति पौडेलले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २६ बिहिबार
ramchandra-poudel-president-always.jpg

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन् । 

राष्ट्रपतिको कार्यालयका अनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ९५ बमोजिम यही चैत २७ गते शुक्रबारका दिन ३ बजे सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नेछन् ।  

राष्ट्रपतिले दुवै सदनका सदस्यहरुलाई उपस्थितिका लागि आह्वान पनि गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ