काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल बिमार भएका छन् । उनको स्वास्थ्य अचानक बिग्रिएको हो । उनलाई के भएको हो भन्ने बारेमा केही खुलेको छैन । राष्ट्रपतिको सचिवालयले पनि केही बताएको छैन ।
राष्ट्रपतिको कार्यालयले पनि औपचारिक रुपमा उनी बिमार भएकोबारेमा उल्लेख गरेको छैन ।
यद्यपि उनीसँग हुने भनिएको जेन–जी समूहको वार्ता भने सरेको छ । उनीसँगको वार्ता सम्भवत सोमबार दिउँसो बस्ने जनाइएको छ । जेन–जीसँग वार्तामा नबसे पनि पौडेलले प्रधानमन्त्री सुशीला कार्की र केही मन्त्रीहरुसँग भने कुराकानी गरेको बुझिएको छ ।
यता जेन–जीहरुको समूह धेरै भएपछि आफूहरु पनि वार्तामा बस्न पाउनु पर्ने भन्दै राष्ट्रपति कार्यालय शीतल निवास बाहिर नाराबाजी गरेका छन् ।
आफूहरुका माग सम्बोधन गर्न सरकार अनिच्छुक देखिएको भन्दै जेन–जीका विभिन्न समूहले अब सिधै राष्ट्रपतिसँग छलफल गरेर अगाडि बढ्ने बताएका छन् ।
तर यसपालि पनि जेन–जीका अगुवाका रुपमा उनै सुदन गुरुङ राष्ट्रपति कार्यालयमा छिरेपछि वास्ताविक जेन–जीहरुले आपत्ति जनाउँदै आफूहरु पनि वार्तामा बस्न पाउनु पर्ने अडानमा छन् ।