arrow

युक्रेन युद्धकाबीच पहिलो पटक मास्कोबाट बेइजिङमा उच्चस्तरीय भ्रमण

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ११ बिहिबार
russian-pm-china-xi.JPG

चीन । रुस युक्रेन युद्धको थालनिपछि पहिलोपटक मास्कोबाट बेइजिङमा उच्चस्तरीय भ्रमण भ्रमण भएको छ । चीनको औपचारिक भ्रमणमा रुसका प्रधानमन्त्री मिखाइल मिशुस्टिन बेइजिङ पुगेका छन् । 

 प्रधानमन्त्री मिशुस्टिनले चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री ली छ्याङसँग बेग्लाबेग्लै भेटवार्ता गरेका  छन् ।  युक्रेनमा रुसले विशेष सैन्य कारबाही थालेपछि मस्कोबाट बेइजिङमा भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो । 

पश्चिमा मुलुकले लगाएको प्रतिबन्धलाई जवाफ दिन चीनसँगको सहकार्य र साझेदारी अपरिहार्य भएकाले मस्को र बेइजिङबीचको सम्बन्ध झाङ्गिदै गएको विश्लेषकहरूले बताएका छन् । 

पारस्परिक सहायता अभिवृद्धिसम्बन्धी सम्झौतामा दुवै देशका अधिकारीले हस्ताक्षर गरेका छन् । रुसमाथिको प्रतिबन्धलाई अझ कडा बनाउने तथा रुसप्रतिको चीनको सहायताको व्यापक आलोचना गर्दै हालै सम्पन्न जी सेभेनको बैठकले युक्रेनबाट आफ्नो सेना फिर्ता गर्न रूसलाई दबाब दिन आग्रह गरेको छ । 

रूस र चीनबीचको सम्बन्ध अभूतपूर्व उच्च स्तरमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री एकताबाटै कठिनभन्दा कठिन कार्य सफलतापूर्वक सम्पन्न गर्न सकिने बताए । उनले एकताबाटै पहाडहरू पनि सार्न सकिने बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ