arrow

रुसी सेना पछि हट्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ३० शनिबार
russia-ukraine-putin-zelensky.jpg
तस्बिर – फाइल ।

मास्को । रुसको एक लडाकु समूह, वाग्नरका प्रमुख येभगेनी प्रिगोजिनले शुक्रबार मास्कोको परम्परागत सेना पूर्वी युक्रेनको हटस्पट शहर बखमुत नजिकैको आफ्नो स्थानबाट ‘पछि हट्न’ लागेको बताएका छन् ।  

रुसको रक्षा मन्त्रालयले बाखमुतको उत्तरमा बलियो रक्षात्मक पोजिसन खडा गर्न सेनालाई पुनः तैनाथ गरेको घोषणा गरेलगत्तै उनले यस्तो टिप्पणी गरेका हुन् ।  

प्रिगोजिनले सामाजिक सञ्जालमा पोस्ट गरेको अडियो वक्तव्यमा भनेका छन्, “यसलाई ‘रिग्रुपिङ्’ भनिँदैन, भगाइ हो ।”

प्रिगोजिनले अर्को एक भिडियो सन्देशमा रक्षा मन्त्रालयका एकाइहरू शहरको उत्तर र दक्षिणमा रहेका स्थानहरूबाट ‘भाग्न थालेको’ बताएका छन् ।  

“सैन्य इकाइहरू असफल भइरहेका छन् । मोर्चा ढल्दैछ,” क्रेमलिनका सहयोगी रहेका उनले बताए । युक्रेनी सेनाले बाखमुत नदीको जलाशय र सामरिक उचाईमा रहेका स्थानकब्जा गरेको उनले बताए । 

किभको सेनाले यसपहिले रुसी सेनाले नियन्त्रणमा लिएको अर्को सानो शहर चासिव यारबाट बाखमुत जाने बाटोलाई पनि नियन्त्रणमा लिएको थियो ।  उनको दाबीलाई स्वतन्त्र पुष्टिका लागि एएफपीले गरेको प्रयास सफल हुन सकेन । 

यसअघि शुक्रबार युक्रेनले बाखमुत नजिकैको केही भूभाग फिर्ता लिएको दाबी गरेको थियो । यद्यपि रुसले बाखमुत नजिकैको पूर्वी मोर्चाको ९५ किलोमिटर (६० माइल) क्षेत्रमा युक्रेनी आक्रमणलाई प्रतिकार गरेको बताएको छ ।

प्रिगोजिनले भने, “सूचनाको क्षेत्रमा रक्षा मन्त्रालयले स्थितिलाई छिपाउने प्रयास गरेको छ । यो अघि बढेको छ र यसले रुसका लागि विश्वव्यापी त्रासदी निम्त्याउनेछ ।” उनले थपे, “यस कारण हामीले तुरुन्तै झुट बोल्न छोड्नुपर्छ ।”

प्रिगोजिन र परम्परागत सेना प्रमुखहरूबीचको प्रतिद्वन्द्विता बाखमुतको लडाइँको क्रममा सतहमा आएको छ, जुन द्वन्द्वको सबैभन्दा लामो र रक्तपातपूर्ण थियो । प्रिगोजिनले रूसी रक्षा मन्त्रालयले गोलाबारुद उपलब्ध गराउन अस्वीकार गरेको दाबी गर्दै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ