arrow

'युक्रेनलाई ईयूमा सामेल गराउने समय आयो'

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २७ बुधबार
volodymyr-zelensky-ukraine.jpg

 युक्रेन ।  युक्रेनले औपचारिक रूपमा यूरोपेली सङ्घ (ईयू) सदस्यताको लागि औपचारिक रूपमा वार्ता सुरु गर्ने समय भएको युक्रेनले बताएको छ । 

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युरोपेली सङ्घ (ईयू) ले गत वर्ष युक्रेनलाई औपचारिक रूपमा उम्मेदवारको दर्जा दिएको र अब औपचारिक रूपमा वार्ता सुरु गर्ने बारे निर्णय लिनुपर्ने समय आएको बताएका छन् ।  

उनले भने, “युक्रेन र इयूबीचको सम्बन्धमा रहेको कृत्रिम राजनीतिक अनिश्चितता हटाउने समय आएको छ । युक्रेनलाई ईयूमा सामेल गराउने विषयमा वार्ता सुरु गर्ने विषयमा सकारात्मक निर्णय लिने समय आएको छ,” जेलेन्स्कीले ईयू प्रमुख उर्सुला भोन डेर लेयेनसँग कीभमा आयोजित पत्रकार सम्मेलनमा भने ।
 
युरोपेली आयोगका अध्यक्ष लेयेनसँगको भेटमा युरोपेली सङ्घबाट युक्रेनका लागि थप हतियारको आपूर्तिको आवश्यकतामाथि जोड दिए । 

“हामीले हतियारहरूको खरीद र वितरणको गतिलगायतका कुरामा एउटा महत्वपूर्ण विषयमा छलफल गर्यौं । युद्धभूमिमा उनीहरूको आवश्यकता पहिले नै विद्यमान छ,” जेलेन्स्कीले कीएभमा एक पत्रकार सम्मेलनमा भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ