arrow

टर्किएद्वारा अमेरिकी प्रस्ताव अस्वीकार

logo
सिन्ह्वा,
प्रकाशित २०८० वैशाख २५ सोमबार
america-turkey.jpg

अङ्कारा । युक्रेनमा रुसमा निर्मित एस-४०० एयर डिफेन्स सिस्टम पठाउन अमेरिकले गरेको प्रस्ताव टर्किएले अस्वीकार गरेको टर्कीका विदेशमन्त्री मेभलुत काभुसोग्लुले आइतबार बताएका छन् । 

वाशिङ्टनले टर्किएले सो रक्षा प्रणालीको नियन्त्रण अमेरिका वा अन्य कुनै देशलाई सुम्पिनुपर्ने सुझाव दिएको पनि अर्द्ध आधिकारिक एनाडोलु एजेन्सीले काबुसोग्लुलाई उद्धृत गर्दै उल्लेख गरेको छ ।

उनका अनुसार ती प्रस्तावहरू टर्किएका लागि अस्वीकार्य थिए किनभने तिनीहरू टर्किएको सार्वभौमसत्तासँग प्रत्यक्ष सरोकार राख्ने विषय हुन् । वाशिङ्गटनले पछि टर्किएलाई एफ-३५ लडाकु विमानको आपूर्ति रोकेपछि टर्किएले रुस निर्मित प्रणाली खरिद गरेको थियो । सो कदमपछि टर्किएमाथि प्रतिबन्ध लगाइएको थियो।
 
यसैबीच विकसित घटनाक्रमले संयुक्त राज्य अमेरिका र टर्किए बीच तनाव बढ्ने दिशातर्फ गएको टिप्पणी भएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ