arrow

रुस–युक्रेन युद्धः पाँच बालबालिकासहित २६ जनाको मृत्यु 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १६ शनिबार
russia-ukraine-putin-zelensky.jpg
तस्बिर – फाइल ।

उमान । रुसी आक्रमणमा परी पाँच जना बालबालिकासहित २६ जना मारिएका छन् । युक्रेनमाथि करिब दुई दर्जन क्षेप्यास्त्र प्रहार गरेर रुसले ती गैरसैनिक मारेको युक्रेनी अधिकारीहरूले बताएका छन् । 

मध्य युक्रेनको ऐतिहासिक सहर उमानको आवासीय क्षेत्रमा रुसले हवाई हमला गरेको हो । भत्केका भवनका भग्नावशेषबाट मृतकका शव निकालिएका हृदयविदारक दृश्य एएफपीका पत्रकारले देखेका थिए ।भग्नावेशषबाट बालबालिकाका शव पनि निकालिएका थिए । 
 
यो वर्ष शिशिर यामको प्रारम्भमा ऊर्जा र इन्धन प्रवाह गर्ने युक्रेनी पूर्वाधारमा आक्रमण गरेर रुसले जनजीवन कष्टकर पारेको थियो । केही समयका लागि आक्रमण बन्द गरेको रुसले नागरिक संरचना तथा आवासमा पुनः हमला थालेको छ ।  

 करिब असी हजार बासिन्दा रहेको लुगान्स्कमा पनि आक्रमण भएको छ । पूर्वी लुगान्स्क सहर रुसको नियन्त्रणमा छ । रुसी क्षेप्यास्त्रहरू मध्य सहर डिनिप्रोमा पनि वर्सिएका छन् । 

एकतीस वर्षीया एक महिला र उनकी दुई वर्षकी छोरी सुतिरहेको अवस्थामा मारिएका अधिकारीहरूले बताएका छन् । गत जनवरीमा उक्त सहरको आवासीय भवनमा भएको क्षेप्यास्त्र आक्रमणमा ४० जनाले ज्यान गुमाएका थिए । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ