arrow

पुटिनपछि जेलेन्स्की निस्किए भ्रमणमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ६ बुधबार
russia-ukraine-putin-zelensky.jpg

युक्रेन । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले मङ्गलबार देशको पूर्वमा रहेको एवडिभकाको युद्धग्रस्त सहरको भ्रमण गरेका छन् । 

जेलेन्स्कीले रुसले कब्जा गरेको डोनेट्स्क सहर नजिकैको सहरमा “उन्नत स्थानहरू” को भ्रमण गरी सेनाहरूलाई ओर्थोडक्स इस्टरको शुभकामना दिएको राष्ट्रपति सम्बद्ध वेबसाइटले जनाएको छ । 

जेलेन्स्कीलाई परम्परागत इस्टर केकहरू राखिएको टेबुलमा सैनिकहरूसँग बसेको चित्र पोस्ट गरिएको छ । 

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार दुई फ्रन्टलाइन क्षेत्रहरूको भ्रमण गरेको क्रेमलिनले बताएको केही घण्टापछि युक्रेनका तर्फबाट सो भ्रमणको घोषणा गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ