arrow

सैनिकको घाँटी काटेपछि रुस युक्रेनबीच बढ्यो तनाव

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ३० बिहिबार
russia-ukraine-putin-zelensky.jpg

काठमाडौं । एक युक्रेनी सैनिकको टाउको काटेको कथित भिडियो भाइरल भइरहेको छ। टाउको काट्ने सैनिक रुसका रहेको बताइएको छ । 

यसबाट युक्रेनी राष्ट्रपति जेलेन्स्की भोलोडिमिर स्तब्ध भएका छन् । उनले पहिले भिडियोको सत्यता जाँच्न, पछि प्रतिक्रिया दिने बताएका छन् । 

उनले रुसी सेनालाई जनावरको रूपमा व्याख्या गर्दै उनीहरूले सजिलै गर्न सक्ने बताए । यो घटना कहिले भएको हो भन्ने बारेमा हालसम्म जानकारी प्राप्त भएको छैन ।

भिडियो भाइरल भएपछि युक्रेनका अधिकारीहरू आक्रोशित भएका छन् । जबकि रुसी सरकारले उक्त फुटेजलाई 'भयानक' भन्दै यसको प्रमाणिकता पुष्टि गर्न आवश्यक रहेको बताएको छ।

रुस–युक्रेन युद्ध एक वर्षभन्दा बढी समयदेखि चलिरहेको छ । यसबाट हजारौँ मानिसले ज्यान गुमाएका छन् । दुवै देशका सैनिक ठूलो सङ्ख्यामा मारिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ