arrow

युक्रेन युद्धमा पुरुष परिचालन गर्न विधेयक अनुमोदन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ३० बिहिबार
russia-ukraine-putin-zelensky.jpg

रूस ।  रूसको संसदको माथिल्लो सदनले युक्रेनमा मस्कोको आक्रमणका बीच पुरुषहरूलाई देश छोड्न प्रतिबन्ध लगाउने ‘डिजिटल ड्राफ्ट प्रणाली’ बनाउने विवादास्पद विधेयकलाई बुधबार अनुमोदन गरेको छ ।

संसदको तल्लो सदन, स्टेट डुमाले मङ्गलबार दोस्रो र तेस्रो पटक विधेयक पारित गरेपछि सिनेटरहरूले विधेयकको समर्थन गरेका हुन् ।

राष्ट्रपति भ्लादिमिर पुटिनले यस विधेयकमा हस्ताक्षर गरेपछि यो कानुनमा परिणत हुनेछ । 

क्रेमलिनका आलोचकहरूले यो विधेयकले युक्रेनमा युद्ध गर्न पुरुषहरूलाई परिचालन गर्न र युक्रेनमा रूसको आक्रमण दोस्रो वर्ष लम्बिँदै जाँदा देशबाट देशबाट पलायन हुन खोज्नेलाई  कडा कारबाही गर्न ठूलो सहयोग पुग्ने बताएका छन् । 

क्रेमलिनले अर्को अभियानको योजना नबनाएको र जुन गतिमा यो विधेयक पारित भइरहेको छ, त्यसमा कुनै असामान्य कुरा नभएको बताएको छ । 

संसदको माथिल्लो सदनमा बुधबार एक जना सिनेटरले मात्र विधेयकको विपक्षमा मतदान गरेका थिए भने पक्षमा १६३ मत परेको थियो ।

प्रस्तावित परिवर्तनहरू अन्तर्गत, ड्राफ्टरलाई रूस छोड्न प्रतिबन्धित गरिनेछ र ‘इलेक्ट्रोनिक कल–अप’ कागजातहरू प्राप्त भएपछि सूचीकरण कार्यालयमा रिपोर्ट गर्नुपर्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ