arrow

रुस-युक्रेन युद्धपछि पहिलो पटक युक्रेनी मन्त्री भारत आउँदै

मोदीलाई युक्रेन भ्रमणको निम्तो दिने सम्भावना

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २६ आइतबार
Deputy Foreign Minister Emine Zhaparova.jpeg

नयाँ दिल्ली ।  युक्रेनका प्रथम उपविदेशमन्त्री एमिने झापरोभा आज भारतको भ्रमणमा आउने भएकी छन् । रुसले युक्रेनमाथि आक्रमण गरेपछि भारतको भ्रमण गर्ने उनी पहिलो युक्रेनी मन्त्री हुन् । 

रुसबाट तेलका साथै सैन्य उपकरण आयात गर्दै आएको भारत मस्कोमाथिको निर्भरताबाट उम्कन सकेको छैन भने पश्चिमा मुलुकहरूबाट एक्लिएको रुससँगको सम्बन्ध सन्तुलन नयाँदिल्लीका निम्ति चुनौतीपूर्ण बनेको छ । 

मस्कोसँगको लामो समयदेखिको सुरक्षा सम्बन्धले नयाँदिल्लीलाई जटिल कूटनीतक स्थितिमा पुर्‍याएको छ । भारतले युक्रेन र रुसबीचको वैमनस्यातापूर्ण सम्बन्धको अन्त्य हुनुपर्नेमा जोड दिए पनि रुसी आक्रमणको आजसम्म निन्दा गरेको छैन । 

दिल्लीमा रहँदा उपविदेशमन्त्री झापरोभाले विदेश मन्त्रालयका वरिष्ठ अधिकारीसँग युक्रेनको वर्तमान अवस्थाका बारेमा विचार आदानप्रदान गर्ने भारतको बाह्य मामिला मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ । 

युक्रेनसँगको भारतको मैत्रीपूर्ण सम्बन्ध तथा साझा चासोका विषयमा बहुपक्षीय एवम् द्विपक्षीय मञ्चहरूमा सहकार्य हुँदै आएको उल्लेख गर्दै विज्ञप्तिमा उपविदेशमन्त्रीको यो भ्रमण आपसी समझदारी र चासोका मामिलामा छलफल गर्न महत्वपूर्ण अवसर हुने बताइएको छ । उनले प्रधानमन्त्री नरेन्द्र मोदी वा उनको सरकारका मन्त्रीहरूलाई भेट्नेबारेमा विज्ञप्तिमा केही उल्लेख गरिएको छैन । 

गत वर्ष भारतका प्रधानमन्त्रीले रुसी राष्ट्रपति पुटिनलाई ‘यो युद्धको समय’नभएको बताएका थिए । रुसको लामो समयदेखिको सहयोगी भारतले आगामी जुलाईमा आयोजना गर्ने साङ्घाइ सहयोग सङ्गठनको शिखर सम्मेलनमा भाग लिने अपेक्षा गरिएको छ । 

यसैबीच द हिन्दुको शनिबारको संस्करणमा युक्रेनी उपविदेशमन्त्रीले दिल्लीमा वरिष्ठ सञ्चारकर्मी तथा विद्वत्वर्गसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने समाचार प्रकाशन गरेको छ । साथै उनले प्रधानमन्त्री मोदीलाई युक्रेन भ्रमणका निम्ति आमन्त्रण गर्ने सम्भवना रहेको बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ