arrow

उपराष्ट्रपतिले गरे जानकी मन्दिरमा विशेष पूजा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २६ आइतबार
Janaki_Mandir_Janakpur.jpg

जनकपुरधाम । उपराष्ट्रपति रामसहाय यादवले जनकपुरधामको जानकी मन्दिरमा शनिबार विशेष पूजाअर्चना गरी प्रसाद ग्रहण गरेका छन् ।

उपराष्ट्रपति यादव जानकी मन्दिरमा पुग्दा मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवसहितका साधुसन्तले स्वागत गरेका थिए । 

उपराष्ट्रपति यादवलाई उत्तराधिकारी महन्थ रामरोशन दासले मन्दिरका बारेमा संक्षिप्तरुपमा जानकारी गराएका थिए ।

उपराष्ट्रपति सिरहा जिल्लामा आयोजना हुने कार्यक्रममा सरिक हुन जनकपुरधाम आएका बेलामा जानकी मन्दिरमा विशेष पूजा गरेका हुन् । 

सो अवसरमा प्रदेश प्रमुख हरिशङ्कर मिश्र, मधेस प्रदेश सरकारका सामाजिक विकासमन्त्री सुरिताकुमारी साह, प्रदेशसभाका सदस्य रामअशिष यादव, धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल अन्य सुरक्षा निकायका प्रमुख सहभागी थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ