arrow

सुरक्षा परिषद्मा रुसले अध्यक्षता गर्ने भएपछि युक्रेनले के भन्यो ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १९ आइतबार
un-security-council.jpg

रूस ।  रूसले अप्रिल महिनामा संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को अध्यक्षता गर्नु अन्तर्राष्ट्रिय समुदायको ‘अनुहारमा एक थप्पड’ भएको युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले बताएका छन् । 

“म सुरक्षा परिषद्का वर्तमान सदस्य राष्ट्रहरूलाई आफ्नो संस्थाको प्रमुख पदको दुरुपयोग गर्ने कुनै पनि रूसी प्रयासलाई विफल पार्न आग्रह गर्दछु,” कुलेबाले रूसको कार्यकालबारे भनेका छन् । 

कुलेबाले ट्वीटरमा जारी एक सन्देशमा रूसको नेतृत्व  ‘सुरक्षा परिषद्को गैरकानुनी’ चरणको संज्ञा दिएका छन् । यसै महिनाको अन्त्यतिर मस्कोले विदेशमन्त्री सर्गेइ लाभरोभले ’प्रभावकारी बहुपक्षीयता’ सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को बैठकको अध्यक्षता गर्ने योजना बनाएको बताएको छ ।

रूसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले पनि लाभरोभले अप्रिल २५ मा मध्यपूर्वमा बहसको नेतृत्व गर्ने बताएका छन् । संयुक्त राज्य अमेरिकाले रूसको भूमिका र सुरक्षा परिषद्मा उसको स्थायी स्थानको आलोचना गरेको छ । ह्वाइट हाउसकी प्रवक्ता करिन जिन पियरेले भनिन्, “संयुक्त राष्ट्रसङ्घको बडापत्रको ठाडो उल्लङ्घन गर्ने र छिमेकीमाथि आक्रमण गर्ने देशको संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्मा कुनै स्थान छैन ।”

“दुर्भाग्यवश रूस सुरक्षा परिषद्को स्थायी सदस्य हो र यो वास्तविकतालाई परिवर्तन गर्न कुनै व्यावहारिक अन्तर्राष्ट्रिय कानूनी मार्ग छैन,” उनले भनिन् । कुलेबाले यसअघि रूसको सुरक्षा परिषद्को अध्यक्षतालाई ‘नराम्रो मजाक’ भनेका छन् । 

सुरक्षा परिषद् प्रमुखको कार्यकाल प्रत्येक महिना १५ सदस्य राष्ट्रहरूबीच परिवर्तन हुन्छ र मस्कोले अन्तिम पटक २०२२ को फेब्रुअरीमा परिषद्को अध्यक्षता गरेको थियो । यो नेतृत्वमा रूसले निर्णयहरूमा थोरै प्रभाव पार्नेछ तर कार्यसूचीको प्रभारी हुनेछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ