arrow

युक्रेनका विभिन्न शहरमा रुसी मिसाइल आक्रमण

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २५ बिहिबार
russian-missile-attack.jpg

काठमाडौं। रुसले युक्रेनको उत्तरमा खार्किभदेखि दक्षिणमा ओडेसा र पश्चिममा जाइटोमिरसम्म विभिन्न क्षेत्रहरुलाई निशाना बनाउँदै मिसाइल प्रहार गरेको छ।

खार्किभ र ओडेसामा भवन र पूर्वाधारमा क्षति पुगेको छ भने धेरै क्षेत्रहरूमा बिजुली अवरुद्ध भएको छ। रुसी मिसाइलले युक्रेनी राजधानी किभमा पनि आक्रमण भएको बताइएको छ ।

रुसी नियन्त्रित जापोरिज्जिया आणविक उर्जा प्लान्टको बिजुली आपूर्ति पनि काटिएको छ। पूर्वी शहर बाख्मुटमा कडा लडाई जारी रहँदा रुसले युक्रेनी शहरहरुमा मिसाइल आक्रमण गरेको हो ।

राजधानीको पश्चिमी र दक्षिणी जिल्लाहरूमा मिसाइल आक्रमण भएको क्षेत्रमा आपतकालीन सेवा सुविधा रहेको मेयर भिटाली क्लिट्स्कोले बताएका छन् ।

क्लिट्स्कोले विष्फोटपछि एउटा आवासीय भवनको आँगनमा कारहरू जलिरहेको बताउँदै मानिसहरूलाई सुरक्षित स्थानतर्फ जान आग्रह गरेको बताएका छन् ।

ओडेसाको बन्दरगाह शहरमा रहेको ऊर्जा केन्द्रमा सामूहिक क्षेप्यास्त्र आक्रमण हुँदा विद्युत् कटौती भएको यसका गभर्नर म्याक्सिम मार्चेन्कोले बताएका छन् । उनले आवासीय क्षेत्रमा क्षति भएको र मानवीय क्षति भने नभएको बताएका छन् ।

क्षेत्रीय प्रशासन प्रमुख ओलेग सिनेगुबोभले खार्किभ शहर र यस क्षेत्रका महत्वपूर्ण पूर्वाधार सुविधाहरू र एक आवासीय भवनलाई लक्षित गरी करिब १५ स्ट्राइक गरिएको बताएका छन् ।

पश्चिमी युक्रेनको ल्भिभमा घरमा रकेट प्रहार हुँदा कम्तीमा चार जनाको मृत्यु भएको त्यहाँका गभर्नर म्याक्सिम कोजित्स्कीले टेलिग्राममा भनेका छन् ।

गभर्नर सेर्ही लिसाकका अनुसार निप्रोपेट्रोभस्क क्षेत्रमा ड्रोन र मिसाइल आक्रमणमा एक जनाको मृत्यु भएको छ र दुई जना घाइते भएका छन् ।

आणविक ऊर्जा अपरेटर इनरगोएटमले युरोपको सबैभन्दा ठूलो आणविक प्लान्ट जापोरिज्जियामा आक्रमण हुनुको अर्थ भनेको यो प्लान्ट र युक्रेनी ऊर्जा प्रणाली बीचको अन्तिम लिङ्क काटिएको बताएको छ।

यस्तै आक्रमण भएका अन्य क्षेत्रहरु पश्चिममा भेनेत्सीया र रिभ्ने र देशको मध्यमा द्निप्रो र पोल्टाभा रहेका छन् ।

यो आक्रमण जनवरीको अन्त्ययता युक्रेनमा रूसी मिसाइल हमलाहरूको सबैभन्दा ठूलो दिन हो। त्यतिबेला विभिन्न क्षेत्रका दर्जनौं भवनमा आक्रमण हुँदा ११ जनाको मृत्यु भएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ