arrow

पूर्वी बाख्मुट कब्जा गरेको रुसी वाग्नर समूहको दाबी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २४ बुधबार
russia-ukraine-war-bakhmut.jpg

काठमाडौं । रुसको भाडामा रहेको लडाकु समूह वाग्नरले बाख्मुतको पूर्वी भाग पूर्ण नियन्त्रणमा लिएको यसका संस्थापक येभगेनी प्रिगोजिनले भनेका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यदि रूसी सेनाले घेरामा परेको शहर बाख्मुत कब्जा गरेमा पूर्वी युक्रेनमा बाटो खुल्ला हुने भएको बताएका छन् ।

'निजी सैन्य कम्पनी वाग्नरका एकाइहरूले बाख्मुटको पूर्वी भागको नियन्त्रण लिएका छन्,'प्रिगोजिनले आफ्नो प्रेस सेवाको टेलिग्राम सन्देश प्लेटफर्ममा भ्वाइस रेकर्डिङमा भनेका छन्, 'बख्मुटका नदीको पूर्व सबै कुरा वाग्नरको नियन्त्रणमा छ ।'

उता इस्टोनियाका रक्षामन्त्री हनो पेभकुरले युक्रेनका लागि संयुक्त रूपमा हतियार किन्नका लागि युरोपेली संघका देशहरूले नयाँ कोषको बारेमा चाँडै निर्णय गर्नुपर्ने बताएका छन् ।

युरोपेली संघका रक्षा मन्त्रीहरूले युक्रेनलाई एक अर्ब युरोको हतियार उपलब्ध गराउने योजनाबारे छलफल गर्न बैठक गर्ने तयारी गरिरहेका छन् ।

यसबीच दक्षिण कोरियाले गत वर्ष पोल्याण्ड निर्यात गरेको क्र्याब होविट्जरहरू युक्रेनलाई प्रदान गर्न अनुमति दिएको छ। यी होविट्जरहरु दक्षिण कोरियाली कम्पोनेन्टबाट बनेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ