arrow

युक्रेन समर्थक समूहले नोर्ड स्ट्रिम तोडफोड गरेको अमेरिकी गुप्तचर रिपोर्ट

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २४ बुधबार
baltic-sea-nord-stream-pipeline.jpg

काठमाडौं। गत वर्ष युरोपमा रुसबाट ग्यास आपूर्ति गर्ने पाइपलाइन नोर्ड स्ट्रिममा भएको आक्रमण युक्रेन समर्थक समूहद्वारा गरिएको रुस विरोधी कार्य भएको हुनसक्ने एक नयाँ रिपोर्टले जनाएको छ।

नर्ड स्ट्रिम पाइपलाइन अमेरिकाले विष्फोट गराएको भनेपछि मच्चियो तरंग

नोर्ड स्ट्रिम पाइपलाइन बाल्टिक सागर मुनि रूस देखि जर्मनी सम्म चल्छ। न्यूयोर्क टाइम्सको रिपोर्टले संयुक्त राज्य अमेरिकाका अधिकारीहरूले समीक्षा गरेको खुफिया जानकारीलाई उद्धृत गर्दै सो बिष्फोट कार्यमा रूसी वा युक्रेनी मूलका दुवै युक्रेन समर्थक नागरिकहरू समावेश भएको उल्लेख गरेको छ।

बाइडेनको निर्देशनमा नर्ड स्ट्रिममाथि आक्रमण भएको रुसको दाबी, बेलायतद्वारा खारेज

तर, गुप्तचर यस बिषयमा कुनै ठोस निष्कर्षमा पुग्न सकेका छैनन्। सो प्रतिवेदनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई लगभग क्लिन चिट दिँदै गुप्तचर समीक्षाले नोर्ड स्ट्रिम हमलाका लागि जिम्मेवार अपराधीहरूले जेलेन्स्की वा उनका शीर्ष लेफ्टिनेन्टहरूको निर्देशनमा काम गरिरहेका थिए भन्ने कुनै प्रमाण फेला नपरेको जनाएको छ।

बेलायती नौसेनाले 'नर्ड स्ट्रिम' पाइपलाइन फुटाएको रुसी भनाइ

रुसले सेप्टेम्बर २०२२ मा नर्ड स्ट्रिम ग्यास पाइपलाइनमा भएको आक्रमणको लागि पश्चिमलाई दोष लगाएको छ। सो बिष्फोटले बाल्टिक सागरमा ठूलो मात्रामा ग्यास चुहावट निम्त्याएको थियो।

नर्ड स्ट्रिम पाइपलाइनमा स्वीडेनले फेला पार्‍यो नयाँ चुहावट

संयुक्त राज्य अमेरिका र नेटोले यसलाई तोडफोडको कार्य भनेका छन्। पश्चिम र रुस दुवैले आफ्नो दाबी र आरोपलाई समर्थन गर्ने प्रमाण भने दिएको छैन्।

तर, मास्कोले संयुक्त राष्ट्र सुरक्षा परिषद्लाई गत महिना भएको आक्रमणको स्वतन्त्र छानबिन गर्न आह्वान गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ