arrow

रुसमा ड्राेन आक्रमण, सीमामा कडाइ गर्न पुटिनको निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १७ बुधबार
drone-attack-russia-ukraine-war.jpg

काठमाडौं। युक्रेनले ड्रोन आक्रमण गर्न थालेसँगै मास्कोका लागि नयाँ चुनौती खडा भएपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सीमामा कडाइ गर्न निर्देशन दिएका छन् ।

मंगलबार रुसको राजधानी मास्कोबाट करिब १०० किलोमिटर दक्षिणपूर्वमा एउटा ड्रोन दुर्घटनाग्रस्त भएको थियो भने दुई वटा ड्रोनलाई दक्षिणी रुसमा खसालिएको रक्षा मन्त्रालयले जनाएको छ।

अधिकारीहरूले उत्तरी शहर सेन्ट पिटर्सबर्गको हवाई क्षेत्र पनि बन्द गरेका थिए । जसको कारण ड्रोन नै भएको भनिएको छ। धेरै रुसी टेलिभिजन स्टेशनहरूले अधिकारीहरूले ह्याकिंगलाई दोष दिँदै क्षेप्यास्त्र आक्रमणको चेतावनी दिएको जनाएका छन् ।

घटनामा हताहतको कुनै रिपोर्ट आएको छैन। 'कोलोम्ना जिल्लामा ड्रोन दुर्घटनाको लक्ष्य सम्भवतः एक नागरिक पूर्वाधार सुविधा हुनसक्ने बताइएको छ। तथाप, त्यो सुरक्षित नै रहेको,' मास्को क्षेत्रीय गभर्नर आन्द्रेई वोरोब्योभले एक विज्ञप्तिमा भनेका छन्।

'जमीनमा कुनै हताहत वा क्षति भएको छैन एफएसबी र अन्य अधिकारीहरूले अनुसन्धान गरिरहेका छन्,' भोरोब्योभले भनेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ