arrow

रुसलाई घातक सहायता नपठाउन चीनलाई अमेरिकी चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १५ सोमबार
putin-XiJinping.jpeg

काठमाडौं। संयुक्त राज्य अमेरिकाले युक्रेनमा रुसको आक्रमणलाई समर्थन गर्न हतियार उपलब्ध गराएमा गम्भीर परिणामहरूको सामना गर्नुपर्ने भन्दै चीनलाई चेतावनी दिएको छ।

कीभका शीर्ष जनरलले रुसी सेनाविरुद्ध युक्रेनी सेनाले लडिरहेको फ्रन्टलाइन सहर बाख्मुटको भ्रमणका बेला अमेरिकाले यस्तो चेतावनी दिएको हो ।

युक्रेनी राजधानी कीभ र अन्य शहरहरूमा रातभर हवाई आक्रमणको साइरन बजेको थियो भने, रूसी मिसाइल आक्रमणले पश्चिमी शहर खमेलनित्स्कीमा एक जनाको ज्यान गएको छ।

वाशिंगटन र यसको नेटो सहयोगीहरूले चीनलाई मास्कोको युद्धको लागि सैन्य सहायता प्रदान गर्नबाट रोक्न खोजिरहेका छन्।

बेइजिङले सम्भवतः ड्रोन सहित घातक उपकरणहरू उपलब्ध गराउने विचार गरिरहेको कुरा बाहिरिएको छ।

ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले सीएनएनको 'स्टेट अफ दयुनियनमा बोल्दै, बेइजिङले सैन्य सहायता उपलब्ध गराउने भन्ने बारे कसरी अघि बढ्नु पर्छ भनेर आफैले निर्णयहरू लिनुपर्छ। तर, यदि यो त्यो बाटोमा हिँड्यो भने चीनले वास्तविक मूल्य चुकाउनुपर्नेछ।'

बेइजिङले युक्रेनमा मास्कोको आक्रमणको निन्दा गर्न अस्वीकार गरेको छ। हालै भारतमा शनिबार सम्पन्नजी२० को बैठकमा पनि चीनले रुसी आक्रमणको प्रस्तावमा सहमति जनाएको थिएन। चीनले युक्रेन युद्ध अन्त्यका लागि १२ बुँदे एक प्रस्ताव प्रकाशित गरेको छ। पश्चिमाहरूले यसलाई शङ्कास्पद तरिकाले हेरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ