arrow

रुस–युक्रेन युद्ध

रुसी आक्रमणको एक वर्षमा जेलेन्स्की भन्छन्- हामीले सह्यौं र जित्नेछौं

बेलायतले गर्यो देशव्यापी एक मिनेट मौनधारण

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १२ शुक्रबार
rishi-sunak-vlodomyr-zelensky.jpg

काठमाडौं। युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसी आक्रमणको एक वर्ष पुगेको दिन आफ्नो देशले युद्ध सहेको भन्दै अब जित्ने बताएका छन्। उनले भनेका छन्,'हामी हारेका छैनौं, हामीले सह्यौं र हामी जित्नेछौं।'

रुसी सेनालाई मानवता विरुद्धको अपराध गरेको आरोप लगाइएको बुचा शहरसहित युक्रेनभरि समारोहहरू भइरहेका छन्। यो द्वन्द्व दोस्रो विश्वयुद्धपछि युरोपमा भएको सबैभन्दा खराब द्धन्द्ध हो। संयुक्त राष्ट्रसंघले बिहीबार ढिलो एक प्रस्ताव पारित गर्दै रुसको निन्दा गरेको थियो ।

यसैबीच रुसका पूर्व राष्ट्रपति दिमित्री मेदभेदेवले आफ्नो देशको सेनाले युक्रेनी सेनालाई पोल्याण्डको सीमामा धकेल्ने बताएका छन् ।

बेलायतले प्रधानमन्त्री ऋषि सुनकको नेतृत्वमा फेब्रुअरी २४ अर्थात् आज ग्रीनविच मीन टाइम अनुसार ११ बजे रुसले युक्रेनमा गरेको आक्रमणको एक वर्ष पुगेको दिन एक मिनेट देशव्यापी मौनधारण गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ