arrow

रुस–युक्रेन युद्धको एक वर्ष : पुटिन अझ शक्तिशाली

१ करोड बढी मानिस घरबारविहीन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १२ शुक्रबार
putin-russian-war-commender.jpg

काठमाडौं । रुस–युक्रेन युद्धको एक वर्ष पूरा भएको छ। गत वर्ष शुरु भएको युद्ध अहिलेसम्म जारी रहेको छ ।

युद्धको एक वर्षमा २७ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । साथै १ करोड ८६ हजार भन्दा बढी मानिस घरबारविहीन भएका छन् ।

लाखौँ नागरिक देश छाड्न बाध्य भएका छन् ।

युनिसेफका अनुसार युक्रेनका ५ लाखभन्दा बढी बालबालिकाले युद्धका कारण शिक्षा गुमाएका छन् ।

युद्धमा १३ हजार युक्रेनी सैनिकले ज्यान गुमाएको तथा १४ हजार बढी रुसी सैनिकको मृत्यु भएको एनवाइटीको रिपोर्टमा उल्लेख छ ।

युद्धकाबीच रुसले युक्रेनको १७ प्रतिशत जमिन कब्जामा लिएको छ । युद्धमा ८० लाख करोड भन्दा बढी रुपैयाँ युक्रेनलाई नोक्सानी भएको छ ।  

युक्रेनलाई ४० भन्दा बढी देशले१५ लाख करोड रुपैयाँ बराबरको सहयोग गरेका छन् ।

युक्रेन युद्धपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन रुसी राजनीतिमा अझ शक्तिशाली बनेका छन् ।  युक्रेन युद्ध हुनु अघि केही स्थानमा विरोध भए पनि अहिले पुटिनको समर्थन भइरहेको छ।  

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ