arrow

चिनियाँ विदेशमन्त्री वाङ यीले भेटे पुटिनलाई

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ११ बिहिबार
putin-wang-yi-china-russia.jpg

काठमाडौं। क्रेमलिनमा राष्ट्रपति भ्लादिमिर पुटिनले चीनका शीर्ष कूटनीतिज्ञ एवं विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गर्दै दुई देशबिचको सहयोगको महत्त्वको प्रशंसा गरेका छन्। यो भेटले रुस र चीनको सम्बन्धको न्यानोपनलाई झल्काएको छ।

तस्बीरहरुमा वाङ र पुटिन बुधबार एक अर्कासँगको भेटमा निकै सहज भएर बसेको देखिएको छ भने उनीहरुले एअर्कासँग राम्रोसँग हात मिलाएका छन्। अन्य फोटो एवं भिडियोहरुमा चिनियाँ कम्युनिष्ट पार्टीका सबैभन्दा वरिष्ठ विदेश नीति अधिकारी वाङ रुसी विदेशमन्त्री सर्गेई लाभरोभसँग हिँड्दा पनि निकै सहज महशुस गरेर हिडिरहेको देखिन्छ।

वाङको मास्को भ्रमण धेरै युरोपेली देशहरूको भ्रमणको अन्त्यमा र पुटिनले युक्रेनमा सेना पठाउने आदेश दिएको झण्डै एक वर्षपछि आएको हो।

हजारौंको ज्यान लिएको, लाखौंलाई विस्थापीत बनाएको र अर्बाैंको क्षति भइसकेको र जारी युद्धले रूस र विश्वको उदार लोकतन्त्रहरू बीचको विभाजनलाई पनि फराकिलो बनाएको छ। प्रायः पश्चिममा युक्रेन समर्थक मुलुकहरुले मास्कोमाथि कडा प्रतिबन्धहरू लगाएका छन्। चीन र अमेरिकाबीचको सम्बन्ध पनि गम्भीर तनावमा छ।

अमेरिकाले रुससँग ननजिकिन र सहयोग नगर्न भन्दै चीनलाई चेतावनी दिइरहेका बेला वाङले मास्कोको भ्रमण गरेका हुन्। यसबिच आउँदा महिनाहरुमा चिनियाँ राष्ट्रपति सी चिनफिङले पनि रुसको भ्रमण गर्ने रिपोर्टहरु सार्वजनिक भइरहेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ