arrow

पुटिनले भने- युक्रेन युद्ध पश्चिमाले शुरु गरेको थियो, बलिदान र विपत्ति तिनीहरुले देख्दैनन्

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ९ मंगलबार
vladimir-putin-russia-putin.jpg

काठमाडौं। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग युद्ध शुरु भएको एक वर्ष पुग्नुअघि गरेको महत्वपूर्ण राष्ट्र सम्बोधनका क्रममा बोल्दै युक्रेन युद्ध पश्चिमाले शुरु गरेको भनेका छन्। सोमबार फेब्रुअरी २० मा अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनी राजधानी किभको भ्रमण गरेका थिए।

त्यसको एक दिनपछि आज पुटिनले रूसी महासभामा देशका नाममा सम्बोधन गर्दै डोनबासको समस्यालाई शान्तिपूर्ण रूपमा समाधान गर्न रुसले हरसम्म प्रयास गरेको बताएका छन् ।

उनले पश्चिमले युद्ध शुरु गरेको भन्दै युक्रेन रुसी सहयोगका लागि पर्खिरहेको भनेका छन् । उनले भनेका छन्, 'युक्रेन युद्ध हुनुमा पश्चिम पूर्ण रूपमा जिम्मेवार छ ।'

 यस्तै उनले अमेरिकासँग मात्रै विश्वभर ठूलो संख्यामा सैन्य अखडाहरु रहेकोसमेत बताएका छन् ।

समलिङ्गी विवाहको विषयमा बोल्दै पुटिनले आफ्नो सम्बोधनमा विवाह भनेको पुरुष र श्रीमतीबीचको मिलन भएको बताएका छन्। आफ्नो सम्बोधनका क्रममा पुटिनले रुसको अस्तित्व नै खतरामा रहेको बताएका छन्।

यस्तै पुटिनले पश्चिमा मुलुकहरुले मानव बलिदान र विपत्तिहरूको मतलब नराख्ने गरेको बताएका छन् । उनले भनेका छन्, 'मानव बलिदान र विपत्तिहरू तिनीहरूले देख्दैनन्...,तिनीहरुलाई प्रजातन्त्र र स्वतन्त्रताको नारा लगाउनुपर्छ ।'

यस्तै पुटिनले पश्चिमले नाजीहरूलाई सन् १९३० को दशकमा सत्ता हातमा लिनको लागि मार्ग खोलेको आरोपसमेत लगाएका छन्। पुटिनले १९ औं शताब्दीदेखि पश्चिमले रूसको ऐतिहासिक भूमिहरू च्यात्ने प्रयास गरेको बताएका छन्।

सन् २०१४ मा रुस समर्थक सरकारलाई सत्ताबाट हटाउने क्रान्तिमा पश्चिमले आर्थिक सहयोग गरेको र त्यसैले रुसोफोबिया र चरम राष्ट्रवादलाई जन्म दिएको भन्दै पुटिनले भनेका छन्, 'सबै कुरा दोहोरिन्छ।'

गत शरदयाममा भएको जनमत संग्रहका बेला रुसमा सामेल हुन मतदान गरेकामा पुटिनले चार युक्रेनी क्षेत्रका बासिन्दाहरूलाई धन्यवाद दिएका छन्। पुटिनले पृथकतावादी युक्रेनी क्षेत्र डोनेट्स्क र लुहान्स्कको उल्लेख गर्दै त्यहाँका मानिसहरूलाई दाजुभाइ र दिदीबहिनी भन्दै 'हामी अब फेरि सँगै छौं, यसको मतलब हामी अझ बलियो बन्यौं' भनेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ