arrow

शान्तिवार्ताका लागि भूमि नछोड्ने युक्रेनी राष्ट्रपतिकाे भनाइ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ५ शुक्रबार
volodymyr-zelensky-ukraine.jpg

काठमाडौं। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको सम्भावित शान्ति सम्झौतामा आफ्नो देशको कुनै पनि भूभाग नत्याग्ने बताएका छन् ।

रुसले युक्रेनमा आक्रमण सुरु गरेको एक वर्ष पुग्न लागेका बेला बीबीसीले लिएको अन्तर्वार्तामा उनले शान्ति सम्झौताका लागि भूमि छोडिदिएमा रुस फेरि फिर्ता आउन सक्ने चेतावनी दिएका छन् । बरु पश्चिमी हतियारहरुले शान्तिलाई नजिक ल्याउने उनले बताएका छन्।

यस्तै जेलेन्स्कीले पूर्वानुमान गरिएको स्प्रिंगको आक्रमण पहिले नै शुरु भइसकेको भनेका छन् । 'रूसी आक्रमणहरू पहिले नै विभिन्न दिशाबाट भइरहेका छन्,' उनले भने।

यद्यपि उनले युक्रेनी सेनाले रुसको आक्रमणको प्रतिरोध गर्न सक्ने बताएका छन् भने, पश्चिमी सैन्य सहायताको भने फेरि माग गरेका छन् ।

'निःसन्देह, आधुनिक हतियारहरूले शान्तिलाई गति दिन्छ। हतियारहरू मात्र रुसले बुझ्ने भाषा हो,' जेलेन्स्कीले बीबीसीलाई भनेका छन्।

उनले अन्तर्राष्ट्रिय समर्थनलाई बलियो बनाउन र आफ्नो देशको रक्षा गर्न आधुनिक हतियार माग्ने प्रयासमा गत हप्ता बेलायत र ईयू नेताहरूसँग भेट गरेका थिए । अन्य हतियार पछि अब उनले लडाकु विमान पनि मागिरहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ