arrow

युरोपेली सहयोगीहरू युक्रेनमा विमान पठाउन तयार छन्: जेलेन्स्की

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २७ शुक्रबार
Zelensky-macron-scolz.jpg

काठमाडौं। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पश्चिमा मुलुकबाट नयाँ हतियार पाउने उद्देश्यले गरेको दुई दिने युरोप भ्रमणपछि युरोपेली नेताहरु लडाकु विमान आपूर्ति गर्न तयार रहेको टिप्पणी गरेका छन् ।

'युरोप हाम्रो जीतसम्म हामीसँग रहनेछ। हामीलाई आवश्यक हतियार र विमानसहित समर्थन दिन तयार भएको कुरा मैले धेरै युरोपेली लिडरहरूबाट सुनेको छु...,' जेलेन्स्कीले बिहीबार ब्रसेल्समा पत्रकारहरूसँग बोल्दै भने ।

'मसँग अहिले धेरै द्विपक्षीय (सहयोगी मुलुक) छन्, लडाकु विमान र अन्य विमानको मुद्दा उठाउने छौं,' उनले अघि भने ।

जेलेन्स्कीले लडाकु विमान पाउने बारे थप विवरण भने भनेका छैनन् । यदि यसो भयो भने यो युक्रेन युद्धमा पश्चिमा मुलुकको अहिलेसम्मकै महत्वपूर्ण हतियार विस्तार हुनेछ। कुनै पनि युरोपेली मुलुकले पनि लडाकु विमान दिनेबारे भने पुष्टि गरेको छैन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ