arrow

युरोपका हरेक देशसँग लडाकु विमान माग्दै जेलेन्स्की

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २६ बिहिबार
Zelensky-macron-scolz.jpg

काठमाडौं। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार बेलायतका प्रधानमन्त्री ऋषि सुनकसँग भेटघाट गरेपछि साँझ पेरिसमा जर्मन चान्सलर र फ्रान्सका राष्ट्रपतिसँग पनि भेट गरेका छन्।

बेलायती संसदलाईसमेत सम्बोधन गरेका युक्रेनी नेता जेलेन्स्कीले अधिकारीहरूसँग लडाकु विमान उपलब्ध गराउन अनुरोध गरेका छन् । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधवार साँझ नै पेरिसमा फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोन र जर्मन चान्सलर ओलाफ स्कोल्जसँग भेट गर्दै रुसले युद्ध जित्न नहुँने भन्दै लडाकु विमान मागेका छन् ।

जेलेन्स्कीले बिहीबार अर्थात् आज ब्रसेल्समा युरोपेली संघका नेताहरूसँग भेटेरसमेत लडाकु जेटका लागि थप अनुरोध गर्ने भएका छन् ।

पश्चिमी राष्ट्रहरूले हालै आपूर्ति गर्ने प्रतिवद्धता गरेको लियोपर्ड २ ट्याङ्कका अतिरिक्त लडाकु विमान र लामो दुरीका क्षेप्यास्त्र पनि महत्त्वपूर्ण रहेको उनको भनाइ छ।

बुधबार साँझ म्याक्रोन र स्कोल्जसँगको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै जेलेन्स्कीले युक्रेनलाई युद्ध ट्यांक, आधुनिक लडाकु विमान र लामो दूरीका मिसाइलहरू उपलब्ध गराएर रुसविरुद्धको युद्धमा फ्रान्स र जर्मनीले गेम चेन्जरको भूमिका निर्वाह गर्ने सम्भावना रहेको बताएका छन्।

त्यसअघि उनले बेलायतको संसदलाई सम्बोधन गर्दै भनेका थिए, 'स्वतन्त्रताले जित्नेछ, हामीलाई थाहा छ रुसले हार्नेछ,' हाम्रो जीवनकालको सबैभन्दा महत्त्वपूर्ण जित'को लागि बेलायत आफूहरुसँगै रहेको उनको भनाइ थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ