arrow

रुसले ठूलो आक्रमणको योजना बनाइरहेको युक्रेनी भनाइ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १९ बिहिबार
russia-ukraine-military-drills.jpg

काठमाडौं। युक्रेनी रक्षामन्त्रीले रुसले नयाँ ठूलो आक्रमणको तयारी गरिरहेको र यो २४ फेब्रुअरीबाट शुरु हुनसक्ने चेतावनी दिएका छन् ।

रक्षामन्त्री ओलेक्सी रेज्निकोभले मास्कोले हजारौं सेनाहरू जम्मा गरेको र गत वर्षको प्रारम्भिक आक्रमणको वार्षिकोत्सव मनाउन केही प्रयास गर्न सक्ने बताएका छन् ।

यस आक्रमणले २३ फेब्रुअरीमा रुसी सेनाले मनाउँने 'डिफेन्डर अफ फादरल्याण्ड डे' पनि मनाउने गर्छ ।

रुस र युक्रेनबीचको युद्ध निरन्तर चर्किदो छ। पश्चिमा मुलुकले थुप्रै हतियार पठाएर युक्रेनलाई सहयोग गरिरहेका छन्। जमर्नी र अमेरिकाले युक्रेनलाई शक्तिशाली ट्यांक पठाउन थालिसकेको छ भने युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्किले अब लडाकु विमान र अझै शक्तिशाली हतियार मागिरहेका छन् ।

युक्रेनी रक्षामन्त्री रेज्निकोभले सम्भावित आक्रमणका लागि मास्कोले करिब ५ लाख सेना परिचालन गरेको बताएका छन् ।

गत सेप्टेम्बरमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले लगभग तीन लाख सेना भर्तीको योजना अघि सारेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ