arrow

तेल कम्पनी शेलले कमायो ११५ वर्षयताकै बढी नाफा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १९ बिहिबार
shell-oil-gas.jpeg

काठमाडौं । बेलायतको लण्डनमा मुख्यालय रहेको तेल र ग्यास जायन्ट शेलले विगत ११५ वर्षयताकै बढी नाफा कमाएको बताएको छ। युक्रेनमा रुसले आक्रमण गरेपछि गत वर्ष ऊर्जाको मूल्य बढेसँगै कम्पनीले २०२२ मा ३९.९ अर्ब अमेरिकी डलर कमाएको बताएको हो।

यो आम्दानी सन् २०२१ को भन्दा दोब्बर हो भने विगत ११५ वर्षयताकै उच्च हो। युक्रेनको आक्रमणपछि तेल र ग्यासको मूल्य उकालो लागेपछि ऊर्जा कम्पनीहरूले उल्लेख्य नाफा कमाएका छन् ।

ऊर्जा बिल महँगिदा घरपरिवारहरू सङ्घर्ष गरिरहेका छन्, यस्तोमा कम्पनीहरूलाई बढी कर तिर्न दबाब दिइएको छ।

गत वर्ष बेलायतले ग्यास र बिजुलीको बिल सस्तो गर्न ऊर्जा नाफा लेभी भनिने विन्डफल कर नीति लागू गरेको थियो।

कोभिड-१९ को लकडाउनपछि ऊर्जाको मूल्य बढ्न थालेको थियो । त्यसैमा युक्रेनमा रुसको आक्रमणले ऊर्जाको मूल्य झनैं महँगिएको थियो।

रुसले युक्रेनमा आक्रमण गरेपछि ब्रेन्ट कच्चा तेलको मूल्य लगभग १२८ डलर प्रति ब्यारेल पुगेको थियो । तर पछि लगभग ८३ डलरमा झरेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ