arrow

पुटिनले सोभियत सङ्घ विजयको ८० औँ वर्षगाँठ मनाउँदै

रूसले गर्‍यो स्टालिनको शालिक अनावरण

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १९ बिहिबार
putin-kazakhstan-2022.jpeg

काठमाडौं । रुसले आज स्टालिनग्रादको युद्धमा नाजी सेनाविरुद्ध सोभियत सङ्घको विजयको ८० औँ वर्षगाँठ मनाउँदैछ ।

स्टालिनग्रादको युद्धमा सोभियत सङ्घले प्राप्त गरेको विजयको स्मरणोत्सवको पूर्वसन्ध्यामा रूसको दक्षिणी सहर भोल्गोग्रादमा कम्युनिष्ट नेता जोसेफ स्टालिनको सालिक अनावरण गरिएको छ ।

राष्ट्रपति भ्लादिमिर पुटिनको भोल्गोग्रादको भ्रमणको पूर्व सन्ध्यामा स्टालिनग्रादको रूपमा चिनिने पित्तलको अर्धकदको प्रतिमा अनावरण गरिएको हो ।

रूसी नेता स्टालिनका अधिकांश स्मारकहरू सोभियत सङ्घको विघटनसँगै हटाइएका थिए ।

सन् २००० मा पुटिनले रूसको सत्ता सम्हालेदेखि नै इतिहासमा पूर्व नेताको भूमिकाप्रति सकारात्मक दृष्टिकोण राख्ने रुसीहरूको स्वर बढ्दै गएको र पछिल्लो कदमलाई पनि इतिहासकारहरूले यसैको परिणाम भएको बताएका छन् । 

सरकारी समाचार संस्था आरआईए नोभोस्तीले सार्वजनिक गरेको फुटेजमा सैनिक शैलीको पोशाक लगाएका किशोरकिशोरीले स्टालिन र दुई सोभियत सैन्य कमान्डरको शालिकबाट सेतो आवरण झिकेर मूर्तिनजिकै रातो फूलको टोकरी विछ्याइएको देखिएको छ ।

स्टालिनग्रादको युद्धलाई समर्पित सङ्ग्रहालयको अगाडि रूसी राष्ट्रिय गानसँगै आयोजित समारोहमा भिडियोमा देखिएझैं दर्जनौँ मानिसहरूको उपस्थिति थियो । 

हालै तीनवटा मूर्ति बनाउने जिम्मा पाएका कलाकार सर्गेई श्चेरबाकोभले आफूले ‘छिटो- काम गर्नुपरेको बताए । 

उनले स्थानीय सञ्चारमाध्यमसँग भने, “यो आदेश छोटो समयमै पूरा गर्नुपरेको छ ।”

सोभियत सङ्घको महाशक्तिको हैसियतका लागि उदासीन, धेरै रूसी अधिकारीहरूले स्टालिनलाई एक कठोर राष्ट्रवादी नेताको रूपमा प्रचार गर्दै आएका थिए । स्टालिनले सोभियत सङ्घलाई दोस्रो विश्वयुद्धमा विजय दिलाएका थिए र आफ्नै नेतृत्वमा देशमा औद्योगीकरणको सुरूआत गरेका थिए । 

गत वर्षको फेब्रुअरीमा युक्रेनलाई ‘नाजीमुक्त- गर्न सैनिक पठाएपछि क्रेमलिनले उक्त द्वन्द्व र नाजी जर्मनीविरुद्धको सोभियत युद्धको तुलना गर्दै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ