arrow

युक्रेनलाई हिमार्स भन्दा दोब्बर टाढा मार हान्न सक्ने अस्त्र दिँदै अमेरिका

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १८ बुधबार
Ground-Launched Small Diameter Bomb.jpg

काठमाडौं। संयुक्त राज्य अमेरिकाले चाँडै नै युक्रेनी सेनाको फायरिङ दायरालाई दोब्बर पार्ने गरी नयाँ अस्त्र प्रणाली पठाउन सक्ने बताइएको छ। रुसी सेनाविरुद्ध युक्रेनी सेना लडिरहँदा कीभले आन्तरिक भ्रष्टाचारमा समेत पोख्त हुन खोजिरहेको छ।

अधिकारीहरूले युक्रेनका सबैभन्दा प्रख्यात अर्बपतिहरू मध्ये एक र पूर्व आन्तरिक मन्त्रीको घरमा छापा मारेकाका छन्। यसलाई राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गत हप्ता सुरु गरेको युद्धकालीन भ्रष्टाचार विरोधी अभियानमा अहिलेसम्मको सबैभन्दा साहसी कदम मानिएको छ।

दुई अमेरिकी अधिकारीहरूले यो हप्ता चाँडै नै घोषणा गर्ने गरी २ अर्ब अमेरिकी डलरको सहायता प्याकेजमा पहिलो पटक बोइङद्वारा डिजाइन गरिएको नयाँ रकेड ग्राउन्ड लन्च्ड स्मल डायमिटर बम(जीएलएसडीबी) पनि समावेश हुने बताएको रोयटर्सले उल्लेख गरेको छ।

सस्ता ग्लाइडिङ मिसाइलहरूले १५० किलोमिटर भन्दा बढी टाढाका लक्ष्यहरूमा प्रहार गर्न सक्छन्। यसअघि अमेरिकाले युक्रेनलाई प्रदान गरेको हिमार्स रकेट प्रणालीले ८० किलोमिटर टाढा मात्रै मार हान्न सक्छ।

यो नयाँ रकेट प्रणाली किभका लागि महत्वपूर्ण हुने ठानिएको छ। जर्मनी र अमेरिकाले यसअघि युक्रेनलाई शक्तिशाली लडाकु ट्याक दिने घोषणा गरिसकेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ