arrow

चेकका नयाँ राष्ट्रपति भन्छन्- युक्रेन नेटोमा सामेल हुन योग्य छ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १८ बुधबार
petr-pavel-checz-republic1.jpg

काठमाडौं। चेक रिपब्लिकका नवनिर्वाचित राष्ट्रपति पेटर पावेलले युक्रेनलाई 'युद्ध समाप्त हुने बित्तिकै' नेटोमा सामेल हुन अनुमति दिनुपर्ने बताएका छन् ।

नेटोका पूर्व जनरलसमेत रहेका पावेलले युक्रेन द्वन्द्व समाप्त भएपछि पश्चिमी गठबन्धनमा सामेल हुन नैतिक र व्यावहारिक रूपमा तयार रहेकाे बताएका हुन् ।

आफु निर्वाचित भएपछि अन्तर्राष्ट्रिय मिडियासँगको पहिलो अन्तर्वार्तामा बोल्दै पूर्व जनरल पावेलले कीभलाई पश्चिमी सैन्य समर्थनको बलियो प्रतिरक्षा दिँदै के सहयोग गर्ने भन्ने सीमा नरहेको उनले बताएका छन् ।

चेक रिपब्लिकको राजधानी प्राग क्यासलबाट केही सय मिटर टाढाको पुनर्जागरण हेर्जेन्सिक प्यालेसबाट बोल्दै उनले एफ-१६ जस्ता पश्चिमी लडाकु विमान पठाउनु वर्जित होइन तर किभलाई उपयोगी हुने समयमा पठाउन सकिन्छ कि सकिन्न भन्नेमा उनको आशंका छ।

जर्मन चान्सलर ओलाफ स्कोल्जसँगै अमेरिकी राष्ट्रपति जो बाइडेनले यस हप्ता एफ-१६ पठाउन अस्वीकार गरेका छन् । यद्यपि फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले भने कुनै टिप्पणी गरेका छैनन् ।

उनले बीबीसीसँग बोल्दै युक्रेनलाई महत्वपूर्ण सैन्य सहायता उपलब्ध गराउने पहिलो देश भएकोमा आफुलाई गर्व लागेको बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ