arrow

रुसी आक्रमणको विरोध गर्ने युवतीलाई पुटिनले राखे नजरबन्दमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १७ मंगलबार
olesiya-krivtsov.jpg

काठमाडौं । युक्रेन आक्रमणको विरोध गरेको भन्दै रुसले एक युवतीलाई आतङ्कवादी घोषणा गरेको छ ।

रुसले १९ वर्षीया ओलेसिया क्रिभत्सोभालाई आतङ्कवादी घोषणा गरेको छ भने उनको नाम आतङ्कवादीको सूचीमा समावेश गरेको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशमा उनी जेल चलान भइसकेकी छन् । क्रिभत्सोभा रुसको अर्खान्गेल्स्क सहरमा आमासँग बस्छिन् ।

रुसले युक्रेनीमाथि आक्रमणपछि ओलेसियाले सामाजिक सञ्जालमा केही पोस्ट गरेकी थिइन् ।

युक्रेनले रुसको केर्च ब्रिज उडाएको थियो त्यसको विरोधपछि आफ्नो पोस्टमा उनले युक्रेनमा रूसी आक्रमणको विरोध गरिन् । रुसी सेनाको अपमान पनि गरिन् ।

त्यसयता उनी घरमै थुनिएकी छिन् । उनलाई घरमा नजरबन्दमा राखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ