arrow

जर्मन चान्सलर स्कोल्जद्वारा युक्रेनमा लेपर्ड २ ट्याङ्क पठाउने घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ११ बुधबार
leopard-tank-germany-ukraine.jpg

काठमाडौं । जर्मन चान्सलर ओलाफ स्कोल्जले सांसदहरूलाई सम्बोधन गर्दै आफ्नो देशले युक्रेनमा लेपर्ड २ ट्याङ्कहरू पठाउने पुष्टि गरेका छन्।

जर्मनीले १४ वटा लेपर्ड २ ट्याङ्क पठाउने र अन्य देशलाई पनि पठाउन अनुमति दिने चान्सलर स्कोल्जले बताएका हुन्।

सम्बोधनको क्रममा उनको निर्णयमाथि चिन्तित जर्मनहरूलाई उनले यो सही निर्णय हो भनेर विश्वास गर्न आग्रह गरेका छन्।

अमेरिका र जर्मनीले युक्रेनमा ट्याङ्क पठाइरहेको खुलासा

केही बेरमा अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि युक्रेनमा अत्याधुनिक हतियार पठाउने घोषणा गर्नसक्ने बताइएको छ।

जर्मनको यो निर्णयपछि रुसले यो मास्कोविरुद्ध पहिले नै नियोजित युद्धको हिस्सा भएको बताएका छन्। युक्रेनका अधिकारीहरुले भने यो निर्णयमा खुसी देखिनेछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ