arrow

युद्धकाबीच युक्रेनी राष्ट्रपति कार्यालयका उपप्रमुखले दिए राजीनामा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १० मंगलबार
Volodymyr Zelenskyy.jpg

काठमाडौं । युक्रेनको राष्ट्रपति कार्यालयका उपप्रमुख किरिलो टिमोसेन्कोले राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीलाई आफ्नो जिम्मेवारीबाट बिदा गर्न आग्रह गर्दै राजीनामा दिएका छन्।

'म युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई विश्वास र हरेक दिन र हरेक मिनेट राम्रो काम गर्ने अवसरको लागि धन्यवाद दिन्छु,' टिमोसेन्कोले टेलिग्राममा लेखेका छन्। टिमोसेन्कोले राजीनामाको कुनै कारण भने खुलाएका छैनन् ।

यस्तै यसबीच युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसको आक्रमणपछिको सबैभन्दा हाई प्रोफाइल भ्रष्टाचार आरोपपछि वरिष्ठ र तल्लो तहमा कर्मचारी परिवर्तन भइरहेको बताएका छन्।

जेलेन्स्कीले बदलिने अधिकारीहरूको पहिचान भने गरेका छैनन् यसका साथै उनले भ्रष्टाचार आरोपको घटनामा देशबाट बाहिरिन लागेकाहरुको कडा निगरानी भइरहेको बताएका छन्।

यस्तै, युक्रेनका डेपुटी प्रोसिक्युटर जनरल ओलेक्सी सिमोनेन्कोलाई उनको पदबाट हटाइएको अभियोजक जनरलको कार्यालयले जनाएको छ। हटाउने घोषणा गर्ने विज्ञप्तिले निर्णयको कुनै कारण दिएको छैन तर यो उनको आफ्नै इच्छा अनुसार भएको उल्लेख गरिएको छ।

यस्तै नेटोका प्रमुख जेन्स स्टोल्टनबर्गले युक्रेनलाई युद्ध ट्याङ्कको वितरणमा ट्रान्सएट्लान्टिक सैन्य गठबन्धन (नेटो)ले चाँडै समाधान खोज्नेमा आफू विश्वस्त रहेको बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ