arrow

युक्रेनमा हेलिकप्टर दुर्घटना: गृहमन्त्रीसहित १६ जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ४ बुधबार
ukraine-helicopter-crash.jpg

काठमाडौं। राजधानी कीभबाहिर एउटा नर्सरी नजिकै भएको हेलिकप्टर दुर्घटनामा युक्रेनका आन्तरिक (गृह) मन्त्री र दुई बालबालिकासहित १६ जनाको मृत्यु भएको राष्ट्रिय प्रहरी प्रमुख इगोर क्लाइमेन्कोले बताएका छन्।

मृत्यु हुनेमा गृहमन्त्री डेनिस मोनास्टिरस्कीलगायत गृह मन्त्रालयका उच्च अधिकारीहरू पनि रहेका छन्।

कीभ क्षेत्रको ब्रोभरी नजिकै भएको दुर्घटना भएपछि आपत्कालीन सेवाहरूले बालबालिका र कर्मचारीहरूलाई उद्धार गर्न काम गरिरहेका छन्।

ब्रोभरीमा कमजोर दृश्यता (भिजिबिलीटी)का कारण हेलिकप्टरको दुर्घटना भएको हुनसक्ने ठानिएको छ।

यद्यपि, घटना निकै शङ्कास्पद रहेको र रुसी सङ्घको सम्भावित आतङ्कवादी कार्यलाई अस्वीकार गर्न नसकिने समेत विज्ञहरूले भनेका छन्।

युक्रेनका आन्तरिक मन्त्रीसँगै उनका उपप्रमुख येभेनी येनिन, आन्तरिक मामिला मन्त्रालयका राज्य सचिव युरी लुब्कोभिचको पनि दुर्घटनामा ज्यान गएको बताइएको छ। 

१० जना अस्पतालमा रहेको बताइएको छ। कीभको पूर्वी उपनगरमा दुर्घटना भएको आपत्कालीन सेवाको हेलिकप्टरमा मारिएका नौ जना हेलिकप्टरमै सवार थिए। घटनामा १० बालबालिकासहित २२ जना घाइते भएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ