arrow

रुसले भन्यो : 'जसरी अरु जलिरहेका छन् त्यसरी नै जल्नेछन् बेलायती ट्याङ्कहरू'

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २ सोमबार
russia-ukraine-war-us-intellegence.jpg

काठमाडौं। बेलायतले किभलाई १४ वटा युद्ध ट्याङ्कहरू पठाउने घोषणा गरेपछि रुसले बेलायती ट्याङ्कहरूलाई युक्रेनमा 'बाँकी जस्तै' जलाउने चेतावनी दिएको छ। क्रेमलिनले बेलायतले युक्रेनमा पठाउने योजना बनाएका ट्याङ्कहरू 'जल्ने' बताएको हो।

शनिबार बेलायतले आगामी हप्ताहरूमा आफ्ना १४ वटा च्यालेन्जर २ मुख्य युद्ध ट्याङ्क र अन्य उन्नत तोपखाना सहयोग पठाउने बताएको थियो।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन्,'उनीहरूले यस देशलाई आफ्नो रुस विरोधी लक्ष्यहरू प्राप्त गर्नको लागि एक उपकरणको रूपमा प्रयोग गरिरहेका छन्।'

'यी ट्याङ्कीहरू जलिरहेका छन् र बाँकीहरू जस्तै जल्नेछन्,' पेस्कोभले भने।

पेस्कोभले बेलायत र पोल्याण्ड जस्ता देशहरूबाट नयाँ आपूर्तिले भूमिमा स्थिति परिवर्तन नगर्ने समेत बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ