arrow

रुस-युक्रेन युद्ध: आवासीय भवनमा क्षेप्यास्त्र आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या तीस पुग्यो 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २ सोमबार
russian-attack-kyiv-ukraine.jpg
फाइल तस्विर।

डिनिप्रो। युक्रेनको दक्षिणपूर्वी शहर डिनिप्रोको एउटा आवासीय भवनमा रुसले गरेको क्षेप्यास्त्र आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ । क्षेप्यास्त्र प्रहारबाट नौ तले भवन आंशिक रूपमा ध्वस्त भएपछि दुई दर्जन भन्दा बढी व्यक्ति अझै बेपत्ता छन् । अहिलेसम्म ३० जनाको मृत्यु भएको पुष्टि भएको छ ।

क्षेप्यास्त्र आक्रमणबाट भत्केको बहुतले भवनको माथिल्लो भागबाट बचेकाहरूको उद्धार तथा भग्नावशेषमा जीवितहरूको खोजीका निम्ति उद्धारकर्मीहरू कठ्याङ्ग्रिँदो चिसोको परवाह नगरी निरन्तर खटिरहेका थिए । शनिवार भएको घातक आक्रमणलाई विफल पार्न युक्रेनले धेरै प्रयास गरेको थियो । 

रुसले प्रहार गरेका ३३ वटा क्रुज मिसाइलमध्ये २१ वटालाई युक्रेनले खसालेको थियो । दुई साता लामो अघोषित युद्धविराम समाप्त भएसँगै रुसले राजधानी, किएभ र खार्किभको उत्तरपूर्वी सहरलाई पनि निशाना बनाएर आक्रमण गरिरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ