arrow

रूस र बेलारुसले थाले सैन्य अभ्यास, युक्रेनमा संयुक्त आक्रमणको चिन्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २ सोमबार
russia-ukraine-military-drills.jpg

काठमाडौं । रुस र बेलारुसले सोमबार संयुक्त वायुसेना अभ्यास सुरु गरेको छ । दुई मित्र राष्ट्रले संयुक्त अभ्यास थालेसँगै किभ र पश्चिममा मास्कोले युक्रेनमा नयाँ भूमि आक्रमण सुरु गर्न सक्ने चिन्ता गर्न थालेका छन् ।

युक्रेनले आइतबार दिनिप्रो सहरको एउटा अपार्टमेन्ट भवनमा रुसी मिसाइल आक्रमणमा परी कम्तीमा ३५ जनाको मृत्यु भएको र दर्जनौं घाइते भएको जनाएको छ ।

यो अभ्यास रक्षात्मक प्रकृतिमा निर्भर रहेको भनिए पनि मास्कोले बेलारुसलाई युक्रेनको युद्धमा सामेल हुन दबाब दिइरहेको बेला हुन लागेको चिन्ता बढेको छ ।

कीभले बेलारुसबाट सम्भावित आक्रमणहरूबारे लगातार चेतावनी दिँदै आएको छ, तर क्रेमलिनले युक्रेनको द्वन्द्वमा थप सक्रिय भूमिका खेल्न आफ्नो छिमेकीलाई दबाब दिइरहेको कुरा अस्वीकार गरेको छ। मिन्स्क (बेलारुसको राजधानी)ले यो युद्धमा प्रवेश नगर्ने बताएको छ।

बेलारूसी सुरक्षा परिषद्का प्रथम उप राज्य सचिव पावेल मुरावेकोले युक्रेनसँगको देशको दक्षिणी सिमानामा स्थिति शान्त नभएको र युक्रेनले बेलारुसलाई उत्तेजित गरिरहेको बताएका छन्।

युक्रेनले आफ्नो सेनाले डोनेट्स्क क्षेत्रको सोलेदार सहरलाई कब्जा गर्न अझै संघर्ष गरिरहेको कुरामा जोड दिएको छ, सडक लडाइँ र रुसी सेनाहरू विभिन्न दिशाबाट अगाडि बढिरहेको बताएको छ ।

उता डिनिप्रो स्ट्राइक पछिको आफ्नो भाषणमा युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले पश्चिमी सहयोगीहरूलाई रूसी आतङ्क र नागरिक लक्ष्यहरूमा आक्रमणहरू अन्त्य गर्न थप हतियार आपूर्ति गर्न आह्वान गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ