arrow

रुस-युक्रेन युद्ध: आवासीय भवनमा क्षेप्यास्त्र आक्रमण, तेइस जना मारिए

logo
रासस-एपी
प्रकाशित २०७९ माघ २ सोमबार
ukraine-war-ukraine-attacks-russia-maxar.jpg
फाइल तस्विर।

डिनिप्रो। युक्रेनको दक्षिणपूर्वी शहर डिनिप्रोको एउटा आवासीय भवनमा रुसले गरेको क्षेप्यास्त्र आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या २३ पुगेको छ । 

क्षेप्यास्त्र आक्रमणबाट भत्केको बहुतले भवनको माथिल्लो भागबाट बचेकाहरूको उद्धार तथा भग्नावशेषमा जीवितहरूको खोजीका निम्ति उद्धारकर्मीहरू कठ्याङ्ग्रिँदो चिसोको परवाह नगरी निरन्तर खटिरहेका थिए । शनिवार भएको घातक आक्रमणलाई विफल पार्न युक्रेनले धेरै प्रयास गरेको थियो । रुसले प्रहार गरेका ३३ वटा क्रुज मिसाइलमध्ये २१ वटालाई युक्रेनले खसालेको थियो ।

दुई साता लामो अघोषित युद्धविराम समाप्त भएसँगै रुसले राजधानी, किएभ र खार्किभको उत्तरपूर्वी सहरलाई पनि निशाना बनाएर आक्रमण गरिरहेको छ । युक्रेनी ऊर्जा केन्द्र र भौतिक पूर्वाधारमाथि मस्कोले व्यापकरूपमा आक्रमण गरिरहेको छ । उसले आफ्नो लक्ष्य हासिल भएको दाबी पनि गरेको छ । 

यसैबीच, डिनिप्रोको सरकारले आइतबार दिउँसो कम्तीमा ७२ जना घाइते भएका तथा  ४३ जना बेपत्ता भएका जनाएको छ ।  हालसम्म ३९ जनाको उद्धार गरिएको पनि बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ