arrow

पुटिनले नियुक्त गरे युक्रेन युद्धका नयाँ कमाण्डर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २८ बिहिबार
putin-russian-war-commender.jpg

काठमाडौं। युक्रेन युद्धको जिम्मेवारीमा सर्गेई सुरोभिकिनलाई नियुक्त गरेको तीन महिना बढीमै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उनलाई हटाउँदै नयाँ कमान्डर नियुक्त गरेका छन्।

सुरोभिकिनको स्थान अथवा जिम्मेवारी अब, जनरल भ्यालेरी गेरासिमोभले लिने भएका हुन्। जनरल भ्यालेरी गेरासिमोभलाई सैन्य सर्कलमा जनरल आरमागेडोन भनेर उपनाम दिइन्छ। 

रुसको रक्षा मन्त्रालयले आफ्नो आधिकारिक टेलिग्राम खातामा यस्तो घोषणा गरेको हो। पोस्टमा भनिएको छ, 'रुसी सशस्त्र सेनाका जनरल स्टाफका प्रमुख सेनाका जनरल भ्यालेरी गेरासिमोभलाई जोइन्ट ग्रुपिङ ट्रुप्स (फोर्स)को कमान्डर नियुक्त गरिएको छ।'

गेरासिमोभले अन्य दुई जनरल ओलेग साल्युकोभ र अलेक्सी किमसँग काम गर्नेछन्। यसैबीच, सुरोविकिनले गेरासिमोभको उपप्रमुखको रूपमा काम गर्नेछन्।

अधिकांश विज्ञहरूले यो फेरबदललाई फरक ढङ्गले हेरे पनि रुसले भने सेनाहरुबीच घनिष्ठ सहयोग एवं सहकार्य बढाउने उद्देश्य भएको भनेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ