arrow

'युक्रेनयुद्ध : पश्चिमाले पुटिनसँग सम्झौताको विकल्प छैन'

logo
अलेरियो ओमारी,
प्रकाशित २०७९ पुष २२ शुक्रबार
vladimir-putin-russia.jpg

काठमाडौँ। रुस र युक्रेनबीचको युद्ध बढ्दै गएको छ। रुसीले ४ वटा युक्रेनी क्षेत्रलाई आफूमा गाभेको छ र नागरिकलाई युद्धमा पठाउने घोषणा समेत गरेको छ। युक्रेनीहरू प्रतिआक्रमणमा बलियो बन्दै गएका छन् र पुटिनसँग युद्ध बिरामबारे छलफल गर्न अस्वीकार गरेका छन्।

पूर्व रुसी राष्ट्रपति दिमित्री मेदवेदेवले रुसी अन्तिम लक्ष्य युक्रेनी राजनीतिक अभिजात वर्ग को परास्त गर्नु हो भन्ने कुरा फेरि स्पष्ट पारेका छन्।

उता युक्रेनी राष्ट्रपति भ्लादिरिम जेलेन्स्कीले क्रिमिया समेत सन् २०१४ देखि गुमेका सबै इलाकाहरू पुनः कब्जा गर्न सक्ने कुरा यथार्थपरक छ भन्ने विश्वास गर्छन्।

रुस र युक्रेन दुवै पक्ष युद्ध जित्नेमा विश्वस्त छन्, दुवै पक्ष अझैँ अघि बढ्न चाहिरहेका छन्। र यहीँ नै वास्तविक समस्या हो। पश्चिमले स्मार्ट हुनुपर्छ र शान्तिको लागि समाधान खोज्नुपर्छ। तर, उनीहरूले एकातिर शान्ति चाहेको भन्छन् भने, अर्कातिर युक्रेनलाई भारी मात्रामा हतियारहरू दिइरहेका छन्।

यस्तोमा पुटिनलाई बेवास्ता गर्न सकिन्न। शान्ति चाहनुहुन्छ भने दुवै पक्षको कुरा सुन्नुपर्छ। हतियारको आपूर्तिका कारण युक्रेनले सैन्य रूपमा विजयी हुनसक्ने उनीहरूको विश्वास छ। जुन पूर्णतया गलत हो। 

यसले निम्त्याउने एउटा मात्रै जित भनेको पुटिनलाई अझैँ अगाडि बढाउने नतिजा हो। रुसीहरूले जति धेरै क्षेत्र गुमाउँछन्, त्यति नै कडा जवाफ फर्काउनेछन्। र त्यसपछि जे पनि हुन सक्छ, जुन धेरै खतरनाक हुनेछ। र त्यो यस क्षेत्रका लागि मात्र होइन कि पूरै विश्वका लागि हुनेछ।

पुटिनबाट छुटकारा पाउनका लागि दुई वटा उपाय छन्, र अहिले ती दुवैलाई यसरी हेर्न सकिन्छ।

पहिलो उपाय भनेको कसैले रुसी जनतालाई उनको विरुद्धमा फर्काउने प्रयास गर्न सक्छ र कसैले अपेक्षा गर्न सक्छन् कि पुटिनको नजिकको सर्कललाई पुटिनको नजिकबाट टाढा बनाउने।

 पुटिन अहिले विश्वका चर्चित नेतामध्ये एक हुन्। स्वतन्त्र लेभाडा पोलिंग इन्स्टिच्युटले गरेको मतगणनामा उनी ७७ प्रतिशतमा कायम छन्। प्रवृत्ति अपेक्षाकृत अप्रभावित रहेको छ। युक्रेनमाथिको आक्रमण पछि उनको लोकप्रियता बढेको थियो, पार्सीयल मोबिलाइजेसनपछि अघि घट्यो र अहिले फेरि केही बढेको छ।

यसको मतलब यो हो कि केही चिन्ताहरूको बाबजुद, पुटिन अझै धेरै रुसीहरूको लागि सही ठाउँमा सही व्यक्ति हुन्। त्यसैले पहिलो विकल्प अहिले यथार्थपरक छैन।

दोस्रो विकल्प पनि भपर्दाे भने छैन। रुसी राष्ट्रपतिले वर्षौँदेखि वफादार र नजिकको सर्कल बनाएका छन्। पुटिन त्यो सर्कलसँग र त्यो सर्कल पुटिनसँग उत्तिकै वफादार छ।

अवफादार हुन सक्नेहरूले केही समयअघि उनलाई छोडेका थिए वा राष्ट्रपतिको रूपमा उनको पहिलो दुई कार्यकालमा हटाइएका थिए। 

पुटिनको छुटकारा नै मिले पनि उनको उत्तराधिकारी को बन्छ? लोकतान्त्रिक, उदारवादी नेता? उसको वरपरका मानिसहरूलाई हेर्नुहोस्। विश्वास गर्न जति गाह्रो छ, पुटिन नै त्यो समूहका उदारवादी हुन्। पश्चिमाको वर्तमान दृष्टिकोण अ तार्किक छ अर्थात् अहिले पुटिन भन्दा पर जाने कुनै बाटो छैन।

रुसी राष्ट्रपति पुटिन युक्रेनी समकक्षीसँग बारम्बार वार्ता गर्न इच्छुक छन्। युद्ध बिरामका लागि रुसले युक्रेनलाई कहिल्यै नेटो र ईयुमा सामेल नहुने र कब्जा भएका क्षेत्र रुसी नै रहने ग्यारेन्टी माग्नेछ।

यसबाट युद्धपूर्वक लक्ष्यहरू हासिल भए पनि पुटिनले यो कुरालाई आफ्ना जनतालाई विजयको रूपमा देखाउन सक्छन्।

यदि रुसीहरूले यो सम्झौता गर्न सक्छन् भने पश्चिमका लागि भने, यो प्रतिकूल हुनेछ। तर यो नै हुन सक्ने एक मात्र सम्झौता हो।

यो द्वन्द्वबाट केही सकारात्मक कुरा मिल्थ्यो नै भने पनि त्यो पाउन हुन ढिलो भइसकेको छ। 

क्रेमलिनबाट वर्षौँको स्पष्ट सङ्केतहरू पछि पश्चिमले यस द्वन्द्वलाई बेवास्ता गरेर नै अघि बढ्न सक्थ्यो।

तर, पश्चिमले ती सङ्केतहरूलाई गम्भीर रूपमा लिएनन्। रुस युरोपेली भूराजनीतिक सुरक्षा संरचनामा पर्याप्त रूपमा एकीकृत भएको थिएन। 

एन्जेला मर्केलले पनि स्वीकार गरिन् कि मिन्स्क सम्झौता युक्रेनीहरूको समय किन्न र तिनीहरूलाई अझ राम्रो बनाउनको लागि गरिएको थियो।

पश्चिमले स्वीकार गर्छ कि यसले द्वन्द्वलाई बेवास्ता गर्नु भन्दा जित्ने थियो। खैर, अब हामीले परिणामहरू सामना गर्नुपर्छ।

अन्ततः, हामीले पुटिनको कुरा सुन्नुपर्छ र पुटिनसँग नै सम्झौता गर्नुपर्छ। पश्चिम र युक्रेनले निर्दोष मानिसहरूको हत्या रोक्न चाहन्छन् भने, सहुलियत दिनै पर्छ। त्यो जतिसुकै पीडादायी भए पनि।

रुससँग कुरा गर्न आवश्यक छ। विजय हासिल गर्नु अघि ऊ कुनै पनि हालतमा रोकिने छैन या उसले राजनीतिक र भौतिक रूपमा आफ्नो अन्त भेट्नेछ।

पुटिन शाब्दिक र लाक्षणिक रूपमा युक्रेनी क्षेत्रहरूमा आफ्नो जीवनको लागि लडिरहेका छन्। यही कारणले यो स्थितिलाई खतरनाक बनाएको छ। जसरी कुनामा भएको बिरालो अनौठो तरिकाले उफ्रिन्छ।

अलेरियो ओमारी बेल्जियमको राजनीति विज्ञानका विद्यार्थी हुन्। भूराजनीतिक समस्यामा उनको चासो छ। यस लेखमा व्यक्त विचार लेखकका निजी हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ