के छ राष्ट्रपति समक्ष मानव अधिकार आयोगले बुझाएको वार्षिक प्रतिवेदनमा ?
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २१ बुधबार
1.7k
Shares
काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ । बुधबार राष्ट्रपति भण्डारीलाई आयोगले आर्थिक वर्ष २०७८–७९ मा सम्पन्न गरेका कार्यहरूको वार्षिक पेस गरेको आयोगका सहसचिव एवं प्रवक्ता डा टीकाराम पोखरेलले बताए ।
प्रतिवेदनमा आव ७८–७९ मा आयोगमा परेका उजुरीहरू, उजुरीउपर भएका छानबिन तथा अनुसन्धान विवरण र नेपाल सरकारलाई गरिएका सिफारिस लगायतका विषय उल्लेख छन् ।
मानव अधिकारको संरक्षण र सम्वर्द्धनमा देखिएका चुनौतीहरू एवम् आयोगले चाल्ने भावी कदमहरूबारे समेत प्रतिवेदनमा उल्लेख गरिएको आयोगले जनाएको छ ।
प्रतिवेदन बुझ्दै राष्ट्रपति भण्डारीले मानव अधिकार र लोकतन्त्रको अवलम्बनमा नेपाल उच्च स्थानमा रहेको बताइन् । उनले मानव अधिकार शिक्षा र संस्कृतिको विकासका लागि आयोगले शैक्षिक संस्थाहरूसँग सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिइन् ।