कमजोर बन्दै रुसी प्रभाव, ४० शहर र गाउँ पुनः कब्जा गरिएको जेलेन्स्कीको दाबी
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २६ शनिबार
804
Shares
तस्बिर – फाइल ।
किभ । किभको सेनाले दक्षिणी युक्रेनका ४० भन्दा बढी शहर र गाउँहरू पुनः कब्जा गरेको राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दाबी गरेका छन् । मास्कोले आफ्नो सेनाले रणनीतिक शहर खेरसनबाट पछि हट्न थालेको संकेत गरिरहेका बेला जेलेन्स्कीको दाबी आएको हो ।
यसैबीच संयुक्त राज्यले किभको लागि नयाँ ४ ०० मिलियन डलर बराबरको सुरक्षा सहायता प्याकेजको घोषणा गरेको छ । जसमा रक्षा प्रणाली र सतहबाट हावामा प्रहार गर्ने क्षेप्यास्त्रहरू समावेश हुनेछन् । रुसी सेनाले केही दिनअघि युक्रेनका प्रमुख पूर्वाधारहरूलाई लक्षित गरेको थियो ।
“आज हामीसँग दक्षिणबाट राम्रो समाचार छ,“ जेलेन्स्कीले राष्ट्रलाई आफ्नो दैनिक सम्बोधनमा भने। “चलिरहेको रक्षा अपरेशनको भागको रूपमा आफ्नो सही स्थानमा फर्किने युक्रेनी झण्डाहरूको संख्या पहिले नै दर्जनौं छ“ जेलेन्स्कीले भने । उनले ४१ वटा बस्ती रुसी कब्जाबाट मुक्त गरिएको बताए ।
मस्कोले खेरसन सेनालाई हटाउनु “कठिन निर्णय“ भएको बताएको छ । एजेन्सी