arrow

कमजोर बन्दै रुसी प्रभाव, ४० शहर र गाउँ पुनः कब्जा गरिएको जेलेन्स्कीको दाबी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २६ शनिबार
volodymyr-zelensky-ukraine.jpg
तस्बिर – फाइल ।

किभ । किभको सेनाले दक्षिणी युक्रेनका ४० भन्दा बढी शहर र गाउँहरू पुनः कब्जा गरेको राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दाबी गरेका छन् । मास्कोले आफ्नो सेनाले रणनीतिक शहर खेरसनबाट पछि हट्न थालेको संकेत गरिरहेका बेला जेलेन्स्कीको दाबी आएको हो ।

यसैबीच संयुक्त राज्यले किभको लागि नयाँ ४ ०० मिलियन डलर बराबरको सुरक्षा सहायता प्याकेजको घोषणा गरेको छ । जसमा रक्षा प्रणाली र सतहबाट हावामा प्रहार गर्ने क्षेप्यास्त्रहरू समावेश हुनेछन् । रुसी सेनाले केही दिनअघि युक्रेनका  प्रमुख पूर्वाधारहरूलाई लक्षित गरेको थियो ।

“आज हामीसँग दक्षिणबाट राम्रो समाचार छ,“ जेलेन्स्कीले राष्ट्रलाई आफ्नो दैनिक सम्बोधनमा भने। “चलिरहेको रक्षा अपरेशनको भागको रूपमा आफ्नो सही स्थानमा फर्किने युक्रेनी झण्डाहरूको संख्या पहिले नै दर्जनौं छ“ जेलेन्स्कीले  भने । उनले ४१ वटा बस्ती रुसी कब्जाबाट मुक्त गरिएको  बताए ।

मस्कोले खेरसन सेनालाई हटाउनु “कठिन निर्णय“ भएको बताएको छ । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ