स्वास्थ्यलाई ख्याल गर्दै पूर्वराजाले शक्तिपीठको दर्शन नगर्ने, सर्वसाधारणलाई टीका नलगाइदिने
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १६ आइतबार
1.1k
Shares
तस्बिर – फाइल ।
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले बडादशैंको अवसरमा शक्तिपीठहरुको दर्शन नगर्ने भएका छन् । त्यस्तै उनले निर्मल निवासबाट सर्वसाधारणलाई टीका पनि नलगाइदिने भएका छन् ।
पूर्वराजाको संवाद सचिवालयले प्रेस विज्ञप्ति जारी गरी पूर्वराजाले नेपाली जनजीवन स्वास्थ्यका कारण आक्रान्त भइरहेको विषम परिस्थितिलाई ध्यानमा राख्दै यसपालि शक्तिपीठको दर्शन र निवासबाट भक्तिभाव राख्ने था सार्वजनिक टीका कार्यक्रम नगर्ने जनाएको हो ।
कोरोना महामारीसँगै अहिले डेेंगी तीव्र रुपले फैलिएकाले पूर्वराजाले यी कार्यक्रम स्थगित गरेका हुन् । कोरोना महामारी शुरु भएदेखि नै पूर्वराजाका यी कार्यक्रम स्थगित हुँदै आएका छन् ।
त्यस्तै प्राकृतिक विपद्का बेलामा पनि पूर्वराजाले सर्वसाधारणलाई टीका लगाइदिने गरेका थिएनन् ।